कविता – मृत्युको द्दार बन्द गर्दै छु !
-राज बाबु श्रेष्ठ
न छेक आज कसैले मलाई,
म मृत्युको द्दार बन्द गर्दैछु ,
न हुन्छ मृत्यु यहाँ कसैको,
न हुन्छ मृत्यु वियोग परिवारमा ,
किनकि, म त्यो भन्दा राम्रो
स्वर्गको द्दार खोल्दैछु ,
किनकि,
मृत्यु बियोग कस्तो हुन्छ ?
त्यो आफ्नै आँखाले देखेको छु ,
काखैमा मायालुको प्राण जाँदा
मुर्छा परी रोएको छु ,
अँगाले छातीमा उनलाई,
अनि तातो सास फेरें उनको फोक्सोमा,
उठिनन् उनी र निदाईन् सँधैका लागी,
हे ईश्वर आज म एक्लै परेको छु ,
कति मायालु थिईन् उनी,
निदाउन सिरानी चाहिन्नथ्यो,
मेरो हात भए पुग्थ्यो ,
हिरा मोती के काम उनलाई ?
मेरो साथ भए पुग्दथ्यो ,
यात्राबाट निराश भई आउँदा,
उनको हृदयमा चोट पुग्दथ्यो ,
मैले कहिलेकाहीँ हप्काउँदा
उनलाई काखमा आई लुरुक्क परी
लुक्दथिन् ,
आज छैनन् उनी मेरो साथमा,
छैनन् उनको निदाउने शिर मेरो हाथमा ,
सुँक्क सुँक्क गरी सुक्सुकाउँथिन्
कहिलेकाहीँ आई मेरो काखामा ,
र भन्थीन्,
हजुरभन्दा अगाडी मेरो मृत्यु आओस्
किनकि,
म हजुरको मृत्यु हेर्न सक्तिन ,
हजुर नै नभए म यो
दुनियाँमा बाँच्नै सक्तिन ,
साँच्चै त्यस्तैनै भो ,
खै किन हो त्यो दिन ?
मेरी प्यारी अर्धाङ्गिनीले
दिन भरिनै छेउमै बस्न
आग्रह गरी रहिन् , र एकटकले मेरो मुहार
हेरीरहिन् , हेरीरहिन्,
यस्तो गरी हेर्थिन् कि,
जस्तो बर्षौं बर्षौंको भोक ,प्यास ,
माया मोह अधुरो रहेको जिन्दगी
शायद,
त्यही दिनभरिको प्रेम पूर्ण हेराईले
पूर्ण गर्न चाहन्थिन् , शायद त्यो उनको ,
नयनको गहभरि टिलपील टिलपील
टिलपीलाई रहेको आँसुले मलाई धेरै
कुरो भन्न चाहन्थिन् शायद ,
तर म बुझ्दैनथें त्यो उनको गहभरि आँसुको भाषा ,
शायद उनी सबै कुरो
जान्दथिन् होलीकी ?
कति खेर ” म आफ्नो
बुढोलाई छाडी सँधैका लागि
र कहिले नआउने बाटो जाँदै छु ,
त्यसैले होला उनी,
आफ्नो प्राणको अन्तिम क्षणसम्म मलाई
साथमै देख्न चाहन्थिन् र आग्रह गरी
रहन्थिन् मेरै छेउ बस भनेर …..
त्यसैले ,
न छेक आज मलाई कसैले,
म मृत्युको द्दार बन्द गर्दैछु ,
न हुन्छ यहाँ मृत्यु कसैको,
न हुन्छ मृत्यु बियोग परिवारमा ,
किनकि, त्यो भन्दा राम्रो म
स्वर्गको द्दार खोल्दैछु ,
एक दिन साँझ , पाँच बजेको समय थियो ,
सुस्तरी सुस्तरी पश्चिमतिर गोधुंली साँझका
पहेंला किरणहरु एक अर्कामा सर सल्लाह
गर्दै झमक्क साँझ पर्दै गै रहेका थिए ,
बिस्तारै बिस्तारै सूर्यको उज्यालो रोशनी
पनि पृथ्वीको
पश्चिम क्षितिजतिर डुब्दै हामी दुई
बुढाबुढीलाई बाई बाई टाटा
गर्दै गोंधुली साँझको अँधेरीमा लिप्त हुँदै
थिए र भन्दै थिईन् उनी मलाई ,
अब केही क्षण हो हजुरसँग यो जिउँदो
मासुको शरीर रहने र केही छणमै यो
शरीर मर्नेछ अनि केवल म रहनेछु
हजुरको मन ,मुटु र मस्तिष्कमा
याद बनेर र अतीत बनेर ….,
भन्दै थिईन् मेरी अर्धाङ्गिनी त्यही घडी मलाई ,
उनको दाँया हातले च्याप्प समातीन् ,
यसरी समातिन् की जसरी रातो फलामलाई
सनासोले नफुत्कने गरी समाउँछ ,
अनि लुरुक्क परीन् मेरो काखमा ,
मेरो होसै उड्यो , म आत्तिएँ ,
थर्थर काँपे , बारबार बोलाईरहेँ ….,
बोलाईरहेँ तर ऊनी बोलिनन् ,
हार गुहार गरेँ , सबै जुटे मेरो आँगनमा ,
उनीलाई मेरो काखबाट खोसेर लगे मदेखि ,
हेर्दा हेर्दै मलामीको भीड लाग्न थाले ,
मलाई विश्वासै भएन तर उनी त
मरी सकेकी रहिछिन् कति खेरनै ……,
म रोईरहेँ , छट्पटाइरहेँ ,
हेर्दा हेर्दै
सेतो कात्रोमा उनीलाई बेरेर मेरै सामु सबैले ,
हरियो बाँसको घारामा उठाईलगे ,
म मेरो मुनू ……! मुनू …. !!
भन्दै चिच्याईरहेँ ,
जब मेरी मुनू म देखि ओझेल हुँदै
थिईन् , तब मलाई ,
मेरी मायालुको प्राण हर्ने मृत्युको
यमराजदेखि धेरै रिस उठ्यो र आजसम्म
खोज्दैछु , त्यो यमराजलाई
र जहाँ पाए टुक्रा टुक्रा गर्नेछु त्यो
यमराजलाई ,
र आजसम्म खोज्दै छु त्यो
यमराजलाई …….!
तर भेटिएको छैन ,
अहिले म केवल उनको याद र अतीत
लाई सम्झी बाँच्ने गरेको छु ,
लाग्छ ,
उनी म सँगै छिन् , उनी मरेकी छैनन् ,
के याद र अतीत कहिले मर्छर ….?
त्यसैले ,
न छेक आज मलाई कसैले,
म मृत्युको द्दार बन्द गर्दैछु ,
न हुन्छ यहाँ मृत्यु कसैको,
न हुन्छ मृत्यु बियोग परिवारमा ,
किनकि, त्यो भन्दा राम्रो म
स्वर्गको द्दार खोल्दैछु ,
किनकि,
यो सबै जन्म पछिको मृत्यु
हुने नियतिले गर्दा हो ,
कोही छैनन् यहाँ अजम्बरी
सबै एक एक गरी मर्दो हो ,
मेरो हाँसो र खुसी ईश्वरलाई
डाहा भो र यमराज पठायो मेरो
मायालुलाई लिन ,
हे ! निर्दयी ईश्वर आफ्नो खाता
पल्टाउ र हिसा
अझै बाँकी मसँग लिन ,
ब गर, केही छकि
त्यसैले,
न छेक आज कसैले मलाई,
म मृत्युको द्दार बन्द गर्दै छु ,
न हुन्छ मृत्यु यहाँ कसैको,
न हुन्छ मृत्यु बियोग परिवारमा ,
किनकि, म त्यो भन्दा राम्रो
स्वर्गको द्दार खोल्दैछु ।
महोत्तरी , गौशाला नगरपालिका , वार्ड नम्बर १
हाल : भक्तपुर