Logo

गजल

 

 – ई.राजेन्द्र पौडेल

बादलकाे घेराभित्र, फूल जस्तै परी ।
जति हेर्याे मुटु दुख्छ, सुल उठेसरि ।।

 

किन हाेला हृदयनै, भक्कानिन थाल्याे !
जताततै बर्षिएछन्, मूल फुट्ने झरी ।।

 

नत कुनै आभास छ, न स्पर्श मिठाे ।
तिर्सनामा फसिराखेँ, भुल हुनेगरी ।।

 

हेर्दाहेर्दै बेहाेसी भई, ढलेँ कति बेला ?
ब्यूँझिएर हेर्दा देखेँ , हुल वरिपरी ।।

 

आकाश र धर्ती मैले, जाेडूँ कसाेगरी ?
जाने थिएँ क्षितिजमा, पुल भए तरी ।।

 प्रकाशित मिति २०७४ साल भाद्र १६ गते,शुक्रवार

प्रतिक्रिया दिनुहोस्