कविता
– राजेन्द्र पाण्डे
न कोइलिले नै एउटा गायो गीत
न चखेवाले नै लायो एउटा प्रीत
प्रकृतिपनि मलिन थियो,
न सुनगाभा नै फुल्यो त्यों दिन !
फूल रोएर बन्यो शीत
ओइलाइ सकेको फूलले पनि,
न त भुल्नै सक्यो मिठो प्रित।।
पानी भएर बगें म,
सम्झनामा मात्रै बस्यो एउटा प्रित
आँसु भएर गलीसकें म,
बुझनै नसक्ने बस्यो अजीब रीत।
तिमिआउने बाटोका फुलहरु मुर्झाए
न आउ केहि छैन,भयो तिम्रै जित।
न चखेवाले लायो प्रित,
न कोइलिले गायो एउटा गीत।।
रोईदिउँ त रित्तियो आँसु
बचेको छ मात्र एउटा गीत ।
छोइदिउँ त आफैलाई,भत्किन्छ छाती
स्मृतिमा बसेको छ एउटा कलिलो प्रीत।
पुर्णिमाको रात आफै मलिन थियो
न त जूनले नै लायो म सँग मित।।
न कोइलिले नै गायो गीत
न चखेवाले नै लायो एउटा प्रित।