कविता – नाता
– अर्पणा”सर्बिन”
नाताले आफ्नो भन्ने
पाए र सके सम्म होच्याउने
ए नाता वादीहरु !
नलाउ नाता मसँग
कर्कश तिम्रा आवाजले
कोर्दै जल्छन्, पोल्छन् शरीरका हर एक अङ्गहरु
तिमिलाई देख्दा लाल पिरा हुन्छ्न नयनहरु
ए नाताबाद ,ए कृपाबाद ए जलनबाद !
नलाउ नाता म सँग,
भोकले एक गाँस माग्न तिम्रो दैलो आको छैन
लाज छोप्ने एक बित्ता झुत्रो तिमीसँग हात फैलाको छैन
ए नाताबादी नाता नलाउ मसँग,
भेल पसेर घर बगाउदा तिम्रो हात मैले समाको छैन
पहिरोले मेरो सन्तान पुरिंदा तिमीलाई गुहारेको छैन
ए नाताबादी ! नलाउ नाता मसँग
हेर्दा हेर्दै सबै बगायो
मन बगायो
तन बगायो
सपना र भावनाहरु बगाए
नेपालीमन हरएक बग्यो
बालबच्चा बगे गाउँ बग्यो नहर बग्यो
नेपाललै नबगेको कहाँ होर ?
कति हेर्छौ टुलुटुलु ?
ए नाताबादी नलाउ नाता मसँग
दाजुभाइ दिदिबहिनी बगे,
आमाको छाती चिरियो
निकास थुनेर ,के हेर्छौ महाशय?
जलमग्न हुँदा के तिमी निदाउन सक्छौ ?
सुतेको छ मेरो सरकार
देश डुबेर जलधार
के हेर्छ ? के गर्छ सिंहदरबार ?
ए नाताबादी कृपाबादी नाता नलगाउ मसँग ,
ए मेरा आफ्ना नाता भनौदा हौ !
सक्छौ भने पड्काउ बम र बारुद
सधैंको हजार चोट भन्दा आजैको एकै चोट
ए नातावाद तोडिदेउ आउ नाता म सँगको।
ललितपुर १३,कुसुन्ती दिब्यनगर
प्रकाशित मिती २०७४ साल भाद्र १ गते बिहिवार