Logo

गज़ल

 

मलाई आफ्नै देश नेपाल प्यारो लाग्छ !

शान्त सुन्दर त्यो हिमाल प्यारो लाग्छ  !!

चांदी जस्तै टल्किने सगरमाथा माथि !!!

भुर्भुर उड्ने डाफे मुनाल प्यारो लाग्छ !!!!

 

लेखदेखि बेंसी सबै हाम्रा सम्पदा हुन् !

नेपालको त्यै मुटु बिशाल प्यारो लाग्छ !!

मेची महाकाली र त्यो कर्णाली नदीमा !!!

सुस्केराउदै बग्ने ति छाल प्यारो लाग्छ !!!!

 

नेपाली पोशाक त्यो राष्ट्रियता झल्किने !

ढाका टोपी दौरा सुरुवाल प्यारो लाग्छ !!

मान थापा ‘ बुलन्द ‘ बाग्लुङ गल्कोट

    हाल – जापान

प्रतिक्रिया दिनुहोस्