Logo

साहित्यकार दामोदर पुडासैनीलाई संसाक यात्री नियात्रा पुरस्कार प्रदान गरिने

स्तावेज संवाददाता १० श्रावण,सोमबार २०७४ – काठमाण्डौं संगीत ,साहित्य र कला क्षेत्रमा समर्पित संसाक पाक्षिक पत्रिकाको गत श्रावण ६ गते बसेको सम्मान तथा पुरस्कार घोषणा निर्णायक समितिको बैठकले बि.स २०७४ सालको संसाक यात्री नियात्रा पुरस्कार वरिष्ठ नियात्राकार दामोदर पुडासैनी ‘किशोर’ लाई प्रदान गर्ने निर्णय गरेको छ ।

वरिष्ठ साहित्यकार पूर्ण प्रकाश नेपाल यात्रीको नाममा उक्त पुरस्कार वहाकै सुपुत्र सैलेन्दु प्रकाश नेपालले स्थापना गर्नुभएको हो । सो को संचालन संसाक पाक्षिकले गर्ने कुरा संसाक पत्रिकाका प्रधान सम्पादक उमेश पाण्डेले श्रावण ६ गते बसेको एक समारोह बीच बताउनु भएको हो । सो पुरस्कार एक भब्य समारोहका बीच आगामी भाद्र २ गते काठमाडौँमा प्रदान गरिने कुरा उहाँले बताउनुभयो ।

पुरस्कार संस्थापक एवं संसाक सल्लाहकार सैलेन्दु प्रकाश नेपाल वरिष्ठ साहित्यकार दामोदर पुडासैनी को नियात्रा लेखनमा अद्दितिय क्षमता रहेको कारण उक्त पुरस्कार प्रदान गरिएको भन्नुभयो । पुडासैनीका पर्खाल भित्रको राजधानी ,सिमानाका रङ्ग सिमाना का तरंग ,नमेटिएका चित्रहरु ,मायालु हुम्ला र यात्रा प्रेमिल तरंगहरु जस्ता नियात्रा संग्रहहरु चर्चित छन् । त्यस बाहेक पहाड र प्रेम ,समयको सहिछाप ,आलोकित आयाम ,आकारको खोजीमा ,आँखा को खोजीमा ,आफन्तका अनुहारहरु जस्ता कविता संग्रह र धर्म को ह्यांग ओभर, नाको दर्शन कृति पनि प्रकाशित छन् ।

उत्तम शान्ति पुरस्कार ,शंकर लामिछाने पुरस्कार ,अन्तराष्ट्रिय साहित्य पुरस्कार जस्ता दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल वरिष्ठ साहित्यकार दामोदर पुडासैनी “किशोर ”ले पूर्ण प्रकाश यात्री जस्तो विशिष्ट श्रस्टा को नाम  दिएको पहिलो पुरस्कार पाउँदा गर्व महसुस भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्