Logo

गजल – प्रदिप देवकोटा

 मेरो देश बनाउँछु

मलाई दु:ख लाग्छ , सतीले
सरापेको देश भन्दै गाली नगर !
गाली हैन माया गरेर,
मेरो देश बनाउँछु !!

राजनीतिक दलका ठूला भनौदाहरुले, जनताको आँखामा छारो नहाल !
तिम्रा झुटा आश्वासनको भण्डाफोर
गरेर, मेरो देश बनाउँछु !!

अत्याचार धेरै गर्यौ , गरिब र निमुखा जनतामाथी !
तिमीहरूको बिरुद्ध लडेर
मेरो देश बनाउँछु !!

नौ-नौ महिनामा सरकार परिवर्तन गरि,
कुर्सी तानातानको खेल धेरै खेल्यौ !
प्रत्यक्ष निर्वाचित कार्यकारीको
पक्षमा लडेर, मेरो देश बनाउँछु !!

धेरै भयो तिमीहरूको अत्याचार,
सरकारमा पुगेर कमिशन र भ्रष्टचार !
सुशासन र सदचारप्रति
प्रतिबद्द रहेर, मेरो देश बनाउँछु !!

पुरानै सोच र विचारले धेरै खेल्यौ
फोहोरी राजनीतिक खेल !
नयाँ सोच र विचारले सफा
राजनीति गरि, मेरो देश बनाउँछु !!

प्रकाशित मिती २०७४ साल असार २६ गते सोमबार

प्रतिक्रिया दिनुहोस्