Logo

‘भानु सूर्योदय स्रष्टा सम्मान ‘ पुरस्कार गीता केशरीलाई

स्तावेज,असार १७, शनिवार,२०७४,काठमाडौँ- यस वर्षको ‘भानु-सूर्योदय स्रष्टा सम्मान’ साहित्यकार गीता केशरीलाई प्रदान गरिएको छ।मैतीदेवीस्थित यसअघि सूर्याेदय भनिने एसएबी आवासीय बिध्यालयले हरेक वर्षको आदिकवि भानुभक्त आचार्य जयन्तीको पूर्वसन्ध्यामा दिँदै आएको सो सम्मान आज आयोजित एक कार्यक्रमका बीच नेपाली काँग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले हस्तान्तरण गर्नुभयो।

सम्मानको राशि रु १५ हजार छ । केशरी नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव समेत हुनुहन्छ। सो अवसरमा नेता सिंहले मुलुक नयाँ संविधानको कार्यान्वयको चरणमा रहेको र स्थानीय तहको निर्वाचनपछि शिक्षाको अधिकार स्थानीय तहमा गएकाले अभिभावकले आफ्नो नजिकका जन प्रतिनिधिसँग मिलेर काम गर्नुपर्ने बताउनुभयो।

काठमाडौँ महानगरपालिका प्रमुख बिध्यासुन्दर शाक्यले निर्वाचनमा आफूलाई जिताएर सहयोग गरेजस्तै स्मार्ट सिटी बनाउने अभियानमा साथ दिन आह्वान गर्नुभयो। कार्यक्रममा प्रमुख शाक्य, उपप्रमुख हरिप्रभा खड्गी र २९ नं का वडाध्यक्ष कुश ढकाललाई सम्मान गर्नुका साथै बिध्यालयबाट हालै माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)मा सफल भएका बिध्यार्थीलाई बिदाइ गरिएको थियो । बिध्यालयका संस्थापक प्रिन्सिपल लक्ष बहादुर केसीले सुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिँदै आएको दाबी गर्नुभयो।

 रासस

प्रतिक्रिया दिनुहोस्