Logo

डल्ली …….. एक अन्जान पात्र

“प्रेम त म उसलाई गर्थें तर उसलाई भन्दा बढी उसकी कथाकी पात्र डल्लीसँग बसेको थियो धेरै नै प्यारी बनेकी थिई डल्ली । कहिले काँही जलन हुने गर्थ्यो मलाई डल्लीसँग जो मेरो ऊ सँग कथामा प्रेमिका बनेकी हुन्थी सधैँ । एक मनले भन्थ्यो धत पागल्नी ! त्यो त कथामा मात्र कोरीएको नाम हो डल्ली किन यस्तो जलेकी ऊ तेरै हो एक दिन तँलाई लिन आउने छ तैँले डल्लीलाई मनमननै ओढाएको घुम्टो झिकेर तेरो सिँउदो रंग्याउन, मनले यति भनेपछी म मुसुक्क मुस्कुराउँथें उसलाई सम्झेर अनि फेसबुकको म्यासेन्जरमा उसलाई केहि न केहि लेखेर म्यासेजले जिस्काउँथें तर ऊ अनलाईन भएनि मेरो म्यासेजको बेवास्ता गर्थ्यो तर ढिला भएपनि रिप्लाई गरिरहन्थ्यो म त्यतिमै चित्त बुझाएर आफ्नो मन समाल्ने गर्दथें । ऊ नेपाल म जापान त्यति टाईम नमिल्ने दिउँसोभरी काम गर्यो थकाई लागेको हुन्थ्यो यता सुत्ने बेला हुँदा उता बल्ल खाना बनाउने सुरसारमा हुन्थें ।  तरपनि म ऊसँग बोल्नको लागी हरबखत तयार हुन्थें तर उसले बेवास्ता गर्दा म त्यसै निदाउने रहेछु ।  बिहान बल्ल उसको रिप्लाई देख्थें अनि दुखी हुन्थें तर आफ्नो मन कसो कसो बुझाउथें ,काम गर्दैथियो होला, केहि कुरामा ब्यस्त थियो होला अनि नेपालको ईन्टरनेट पनि त त्यस्तै छ कति खेर राम्रो ,कति खेर घुमेको घुमेई तर उसको लागी मनमा प्रेम कहिल्यै घट्न दिईन सधै भरि एकनासले रहन दिए समुन्द्रको पानी जस्तै । कहिलेकाँही मात्र कुरा गर्थ्यौं तर म उसको म्यासेज र कलको पर्खाईमा रहिरहन्थें। अनलाईनमा भएपनि उसले कहिल्लै पहिला नबोलाउने सधैँ मै जबर्जस्ती बोलाउथे मन धेरैनै दुख्थ्यो  । तर ऊ सँग कहिल्यै गुनासो गरिन जब कल गर्थ्यौं तब उसले प्रेमको आश देखाउने गर्थ्यो मुख खोलेर नभए पनि शब्दहरुले म मख्ख पर्थें । प्राय :म ऊ सँग उसकी कथाकी पात्र डल्लीको बारेमा कुरा गर्थें । कथामै भए पनि ऊ मेरो प्रेमको बिचमा छे उसले कथामा डल्लीलाई खुब प्रेम गर्दथ्यो, जलन हुन्थ्यो भने कहिलेकाँही खुसी भएर डल्लीलाई प्रेम गर्दथें । मेरो उसका कथाहरु डल्ली पात्रले गर्दा पाठकहरुले खुबै रुचाईएका थिए उसको प्रगतीमा डल्लि पात्रको मुख्य भुमिका थियो सबैले उसलाई चिन्दथे र अहिले झन धेरैले चिन्ने भएको छ उसको प्रगति देख्दा मलाई खुब खुसी मिल्थ्यो उसले प्रेम गर्ने सबै चिजलाई प्रेम गर्ने भएकी थिएँ र डल्लीलाई पनि ।”

     – अनु सुवेदी, दस्तावेज संवाददाता, फुकुओका,जापान

एउटा राईटर थियो उसले धेरै राम्रा सबैका मन छुने प्रेम कहानीहरु लेखेर फेसबुक पेज र पत्रिकाहरुमा धेरै नै छाप्ने गर्थ्यो, उसका शब्द र कथाहरुका फ्यान धेरै थिए उसले सबैका मन छुने लेख्थ्यो । अरु फ्यान जस्तै म पनि उसको कथाहरु र उसका शब्दहरुको एउटी फ्यान थिए हरेक दिन फेसबुक स्टाटस हेरिरहन्थें र मनमनै मुस्कुराउँथें कहिले काँही उसका शब्दहरुमा आफुलाई पाउँथें तर धेरै उसकै कथाकी पात्र डल्ली हुने गर्थी कहिले काँहि सोच्ने गर्थे कस्ति होली त डल्ली ? के साँच्चै डल्लि होली त बास्तबिक जीवन मा के ऊ छे होली त ? के उसको कथाको लागी कोरिएको नाम मात्र हो त डल्ली ? आखिर को हो उसकी डल्ली ? मनमा सधै यस्तै यस्तै कुराहरु खेलिरहन्थे, डल्लीको मनमनै मनले नै चित्र कोर्ने गर्दथें ।  

        यस्तै कल्पनामा हराई डल्लीलाई सिंगारी दिन्थें अनेक रङहरुले कहिले घुम्टो ओडाईदिन्थें , कहिले कुर्ता सुरुबालमा सजिएकी सोझीसाझी बनाईदिन्थें भने कहिले मिनिस्कट पहिराईदिएर सेक्सी बनाईदिने गर्दथें। प्रेम त म उसलाई गर्थे तर उसलाई भन्दा बढी उसकी कथाकी पात्र डल्लीसँग बसेको थियो धेरै नै प्यारी बनेकी थिई डल्ली । कहिले काँही जलन हुने गर्थ्यो मलाई डल्लीसँग जो मेरो ऊ सँग कथामा प्रेमिका बनेकी हुन्थी सधैँ । एक मनले भन्थ्यो धत पागल्नी ! त्यो त कथामा मात्र कोरीएको नाम हो डल्ली किन यस्तो जलेकी ऊ तेरै हो एक दिन तँलाई लिन आउने छ तैँले डल्लीलाई मनमनै ओढाएको घुम्टो झिकेर तेरो सिँउदो रंग्याउन, मनले यति भने पछी म मुसुक्क मुस्कुराउँथें उसलाई सम्झेर अनि फेसबुकको म्यासेन्जरमा उसलाई केहि न केहि लेखेर म्यासेजले जिस्काउँथें तर ऊ अनलाईन भएनि मेरो म्यासेजको बेवास्ता गर्थ्यो तर ढिला भएपनि रिप्लाई गरिरहन्थ्यो म त्यतिमै चित्त बुझाएर आफ्नो मन समाल्ने गर्दथे । ऊ नेपाल म जापान त्यति टाईम नमिल्ने दिउँसोभरी काम गर्यो थकाई लागेको हुन्थ्यो यता सुत्ने बेला हुँदा उता बल्ल खाना बनाउने सुरसारमा हुन्थें ।  तरपनि म ऊसँग बोल्नको लागी हरबखत तयार हुन्थे तर उसले बेवास्ता गर्दा म त्यसै निदाउने रहेछु ।

            बिहान बल्ल उसको रिप्लाई देख्थें अनि दुखी हुन्थें तर आफ्नो मन कसो कसो बुझाउथें काम गर्दै थियो होला, केहि कुरामा ब्यस्त थियो होला अनि नेपालको ईन्टरनेट पनि त त्यस्तै छ कति खेर राम्रो कति खेर घुमेको घुमेई तर उसको लागी मनमा प्रेम कहिल्यै घट्न दिईन सधै भरि एकनासले रहन दिए समुन्द्रको पानी जस्तै । कहिलेकाँही मात्र कुरा गर्थ्यौ तर म उसको म्यासेज र कलको पर्खाईमा रहिरहन्थे । अनलाईनमा भएपनि उसले कहिल्लै पहिला नबोलाउने सधैँ मै जबर्जस्ती बोलाउथें, मन धेरैनै दुख्थ्यो  । तर ऊ सँग कहिल्यै गुनासो गरिन जब कल गर्थ्यौं तब उसले प्रेमको आश देखाउने गर्थ्यो मुख खोलेर नभए पनि शब्दहरुले म मख्ख पर्थें । प्रीया म ऊ सँग उसकी कथाकी पात्र डल्लीको बारेमा कुरा गर्थें । कथामै भए पनि ऊ मेरो प्रेमको बिचमा छे उसले कथामा डल्लीलाई खुब प्रेम गर्दथ्यो, जलन हुन्थ्यो भने कहिलेकाँही खुसी भएर डल्लीलाई प्रेम गर्दथें मेरो उसका कथाहरु डल्लि पात्रले गर्दा पाठकहरुले खुबै रुचाईएका थिए उसको प्रगतीमा डल्ली पात्रको मुख्य भुमिका थियो सबैले उसलाई चिन्दथे र अहिले झन धेरैले चिन्ने भएको छ उसको प्रगति देख्दा मलाई खुब खुसी मिल्थ्यो उसले प्रेम गर्ने सबै चिजलाई प्रेम गर्ने भएकी थिएँ र डल्लीलाई पनि । कहिलेकाँही लाग्थ्यो के साँच्चै डल्ली छ त कि कथाकि पात्र मात्र हो डल्ली र सोच्थे के म डल्ली र उसको बिचमा आएकी हुँ त ? मनमा यस्तै कुराहरु खेलेर मन अशान्त भईरहनथ्यो डल्ली को हो त ? उसले कहिल्यै भनेन डल्लीको बारेमा सधैँ कथाकी पात्र मात्र हो भनेर टारीदिन्थ्यो म चुपचाप मानिदिन्थे तर गुनासो गर्दिनथें  ऊ सँग तर समयको खेलपनि कस्तो घुमाई फिराई डल्लीलाई मेरै सामु ल्याईदियो जे कुरा जान्न मेरो मन अशान्त भईरहन्थ्यो ।

            आज त्यै कुराको सबै उत्तर मैले एउटै ठाउँबाट पाएँ । उसको जस्तो त हैन तर साना साना कथाहरुको अलिअलि राइटर त म पनि थिएँ मैले ऊ, म र डल्लीसँग जोडीएको एउटा सानो कथा लेखेकी थिएँ मैले त्यो कथा आफ्नो फेसबुक पेज र केही ग्रुपहरुमा शेयर गरेकी थिए त्यो कथामा उसले पनि लाईक र कमेन्ट गरेको थियो सुईट स्टोरी भनेर उसको कमेन्टमा मैले लाईक गर्दै थिएँ अचानक उसको कमेन्टमा एउटा केटीको रिप्लाई देखें बधाई छ राईटर ज्यू , मेरो मनमा छुट्टै प्रकारको महशुस भयो कता कता चसक्क बिझायो ऊ अन्जान केटी, उसको त्यो रिप्लाईले अनि उसको नाम किलिक्क गरेर उसको वालमा गएँ अनि सबै फोटाहरु सर्सर्ती हेरें केटी राम्री थिई शायद केमिकल प्रयोग गरिएका कस्मेटीक लाली पाउडर दलेर पनि होला म आफू यस्ता केमिकल प्रयोग गरिएका प्रोडक्ट प्रयोग गर्दिन त्यसैले पनि यस्ता प्रयोग गरेका केटीहरु कस्ता भनेर छुट्याउन त्यति सक्दिन । प्रशस्तै मात्रामा लाली पाउडर र गाजल प्रयोग भएका फोटाहरु थिए । कस्मेटीकको कमाल पनि होला र केही सुन्दर पनि होली सायद तर उसका दाँत सबै मिलेका र मिठो मुस्कान थियो त्यो केटीको प्रत्यक फोटोहरुमा उसका लाईक र कमेन्ट देखे प्रत्यक फोटोहरुमा गरिएका उसका कमेन्ट पढे जलन भयो । उसले लबको रियाक्ट पनि गरेको थियो त्यो केटीको फोटोहरुमा मन समाल्न सकिन   । ब्याक गर्न खोजे तर मेरो त्यो केटीको बायोग्राफीमा आँखा गए त्यहाँ लेखीएको थियो ‘ डल्लि ‘, म तिन छक परें अहिलेसम्म मनमा उब्जिएका सबै प्रश्नको एकमुष्ट जवाफ पाएँ डल्लीको फेसबुक वालबाट डल्ली कथाकी पात्र नभएर उसको साँच्चैको जिन्दगीकी पात्र रहिछ । उसले कथामा मात्र नभएर बास्तबिक जीवनमा पनि डल्लीलाई जिवितै राखेको रहेछ म ‘लुरी’ सधैँ उसलाई कथाकी पात्र मात्र सोचिरहें अनि उसको देखाबटी शब्दहरुमा फसिरहें। त्यो केटी अरु कोहि नभएर उसकी कथाकी पात्र डल्ली रहिछ हातबाट मोबाईल भुईमा झर्यो आँखाबाट आँसु गाला हुँदै ओठसम्म आएर मुख नुनिलो भयो मैले गरेको पबित्र प्रेम काँच सरि टुटिगयो । आँधी आयो, हुरी चल्यो सुनामिले लुटिगयो ।  पलभरमै मेरो प्रेममा प्रश्न चिन्न खडा गर्यो मेरो मनले तर जवाफ मैले दिन सकिन आफ्नै मनलाई । अब कसरी मारौ आफ्नो मुटु भित्र रहेको उसको प्रेमलाई ? आफ्नै प्रेमको दागबत्ती दिएर कसरी किरिया गरौं म ? तर यस्तो प्रेमको पनि कसरी पूजा गरौं जुन प्रेम मेरो लागी थिएन र छैनपनि । म जीवन र मृत्युको दोसाँधमा परे सरह भएँ , सुकेको मुढोजस्तै जता पल्टायो उतै पल्टीने भएँ, जीवनमा कसैलाई प्रेम गरें त्यो पनि आज चार टुक्रा परिगयो ! देखेका सपनाहरु हुरि बनि उडाई लग्यो पलभरमै रित्तिएँ म, जसरी उसको प्रेमलाई आफ्नो मुटुबाट जन्म दिएकी थिएँ उसै गरी आफैले अब हत्या गर भन्दै छ यो मन मरेर जानु छ एकदिन कसै सँग खुसीले जिन्दगी जिउँछु भन्ने सोचेको थिएँ तर सोचेको भन्दा फरक भैदियो हाम्रो सम्बन्ध ।

     जसो तसो मनलाई सम्हालेर ऊ सँग भएका एकतर्फी मायाँका म्यासेजहरु सबै डिलीट गरें भाईबरबाट उसको नम्बर डिलिट गरें अनि ग्यालरीमा उसको फेसबुक देखी डाउनलोड गरेर राखेका फोटाहरु डिलिट गरें अनि उसको र मेरो जोडेर राखेकी थिएँ फोटो फोनको वालपेपरमा त्यो पनि चेन्ज गरेर समुन्द्रको किनारमा एक्लै बसेको मेरो फोटो राखें अनि आजबाट ऊसँग कुरा नगर्ने प्रतिज्ञा गरें  । मनले त कहाँ मान्छ र तरपनि उसलाई त भुलाउनै पर्छ जीवन लामो छ   । सधैंभरी एकतर्फी मायाँ गरेर आफूलाई जलाएर र आफ्नो मन कुँड्याएर कति दिन चल्छ र ? अब बिर्सन बाहेक अर्को बिकल्प पनि त छैन भनि सबै तिर बाट हटाएँ उसलाई तर मन र फेसबुकबाट हटाउन सकिन, दिन आएपछि त्यो पनि गर्नेछु । भोलिपल्ट मोबाईलमा बिहानको काम जाने टाईमको लागी अलार्म सेट गरेर मोबाईलाई सिरान माथिको टेबलमा राखी ब्ल्याङकेटले मुख ढाकी निदाउने कोशिसमा लागें ।  

प्रतिक्रिया दिनुहोस्