Logo

लघु कथा : किनकी उ आज लाश हो

    – ध्रुव श्रेष्ठ “एकलरमण “
हेर उसलाई, यो जिन्दगी जिएर सकेर आराम गर्दै छ, जीवनको तितो मीठो अनुभव बोकेर। हेर त उस्लाई देख्यौ,उस्ले अब थप जिन्दगी जिउँदैन /ग्रहण गर्दैन उ हेर न उ त समूल शरीर टेकेर चुपचाप सुतिरहेको छ, उसले कसैलाई डिस्टर्ब गर्दैन, त्यसैले त उसले यो बाटो रोज्यो । धड्केको धड्कनले कहिं अरुलाई पो अप्ठ्यारो पार्छ कि,नाडीको बल्काइले कसैलाई हलचल पो पार्छ कि भनेर उ सचेत छ । अनि त उस्ले श्वास पनि त्यागेर फोक्सोलाई आराम दिएको छ, उसले अब अरुको लागि अन्न जल साँचेर आफुले छोडेको छ ।
                     उ  त अझ यो पनि चाहन्छ कि , पृथ्वी माथि  ढलिरहेको त्यो देहले कतै अरुलाई छेकी पो दिन्छ कि तसर्थ उसको एउटा मात्र अन्तिम अनुरोध छ उनिहरुलाई जसलाई उसले जल अन्न संसार साँचेर गएको छ  त्यो अन्तिम उसको चाहना त्यो हो । “जलाइदिएर अब निशाना र याद लाई आजभन्दा भोलि र भोलि भन्दा पर्सि गर्दै बिर्सिदेउ , किन कि नयाँ पालुवालाई मैले हरेक बतावरण बनाइदिएको छु म पुरानो पातसरी रुख छोडी नयाँलाई ठाउँ दिन झरिदिएको छु” सुन उस्ले यहि त भन्दै छ। त्यो दिन ,त्यो छिन उसका प्रीय आफ्नालाई उल्लास छैन,  किनकि उ आज लाश छ ।
 
 
प्रतिक्रिया दिनुहोस्