Logo

चन्द्रिकाकी अर्की आमा

                        –  कथाकार

“यस्तै गरी समय वित्दै गएपछि चन्द्रिकाले सवैका अगाडि आफ्नो घर परिवारका कुरा गर्न थालेकी थिई । ऊ बाहेक हामी सवै नै एउटै स्कूल वा एउटै पारिवारिक पृष्ठभूमिबाट आएकाले हाम्रा लागि चन्द्रिकाको भूतकालबारे मात्र कौतूहल हुने गर्थ्यो । तर चन्द्रिका पनि कम बाठी थिइन । सुरेशको दाजुले घर छोडेर गएको, मनुको काका जेल परेको, रीमाका मामा र माइज्यू विदेशिएका, मेरो भाइले पढाई छोडेर व्यापार गरेको, अनि सीताराम र संगीताबीच भित्रभित्रै लसपस हुने गरेको आदि सवै आन्द्राभुँडी नलिइकन उसले त आफ्नो बाबुको नाम पनि भनेकी थिइन । हामी सबैले त्यति नबुझेका पनि होइनौं, तर घर छोडेर यति टाढा आइ सके पछि कमसेकम आफ्नै भेग नभए पनि एउटै देशकी भएको नाताले हामीहरू चन्द्रिकालाई आफ्नै जमातभित्र हुल्न चाहन्थ्यौं , नत्र फेरि ऊ पनि अरुण र विजिताजस्तै पराई मान्छेहरूको हूलमा हराउन पुग्ली भन्ने पनि हामी सबैको चासोको कुरा थियो । “

              मधुवन पौडेल

 कलेजको होस्टेलका दिनमा चन्द्रिकालाई चिढ्याउन पर्यो कि हामी सवैजना उसकी अर्की आमाको प्रसंग निकाल्ने गर्थ्यौं । अनि त के चाहियो र १ ऊ रिसले आगो हुन्थी, अनि फनफनिएर कोठै छोडेर हिंड्ने गर्थी । नत्र अन्य परिस्थितिमा हामी चन्द्रिकालाई जित्न सक्दैनथ्यौं । ऊ हामी सबैलाई आफ्ना तर्कपूर्ण अभिव्यक्तिले मात्र होइन, परिआएका वेला हाउभाउ कटाक्ष प्रयोग गरेरै भए पनि जितेरै छोड्थी ।
          पहिले पहिले अर्थात् दुइ वर्षअगाडि युनिभर्सिटी टेक्दाको ताका हामीलाई चन्द्रिकाको विषयमा केही थाहा थिएन । राम्रो जिउडाल, गोरी अनि लामो कपाललाई आकर्षक तरीकाले सजाए जस्तै गरी बाटेर धेरै जसो लामो कमीज र जिन्समा ऊ क्लासमा आउँथी र प्रायशः तेस्रो लाइनको कुनाको सीटमा बस्न जान्थी । दिन, हप्ता र महीना बित्दै गएपछि ऊ पोख्खली हुँदै गई । बरण्डामा बसेर घाम ताप्ने, अनि चकलेट, चुइङ्गम आदान प्रदान गर्ने जस्तै दैनिकीबाट चन्द्रिका आफ्नो एकांकीपनबाट हाम्रो जमातभित्रकै एक सकृय सदस्या हुन पुगी । मालतीलाई हामी सबैजना मोटी भनेर जिस्क्याउँथ्यौं, पहिले त ऊ पल्याक पुलुक गर्दै त्यतिवेला रीमाको अनुहार पढे जस्तो गर्थी तर पछि त हामीले बोल्नु कता कता, चन्द्रिका नै उल्टो आज मोटी खोइ नि  भन्न थाली ।
            यस्तैगरी समय वित्दै गएपछि चन्द्रिकाले सवैका अगाडि आफ्नो घर परिवारका कुरा गर्न थालेकी थिई । ऊ बाहेक हामी सवै नै एउटै स्कूल वा एउटै पारिवारिक पृष्ठभूमिबाट आएकाले हाम्रा लागि चन्द्रिकाको भूतकालबारे मात्र कौतूहल हुने गर्थ्यो । तर चन्द्रिका पनि कम बाठी थिइन । सुरेशको दाजुले घर छोडेर गएको, मनुको काका जेल परेको, रीमाका मामा र माइज्यू विदेशिएका, मेरो भाइले पढाई छोडेर व्यापार गरेको, अनि सीताराम र संगीताबीच भित्रभित्रै लसपस हुने गरेको आदि सवै आन्द्राभुँडी नलिइकन उसले त आफ्नो बाबुको नाम पनि भनेकी थिइन । हामी सबैले त्यति नबुझेका पनि होइनौं, तर घर छोडेर यति टाढा आइ सके पछि कमसेकम आफ्नै भेग नभए पनि एउटै देशकी भएको नाताले हामीहरू चन्द्रिकालाई आफ्नै जमातभित्र हुल्न चाहन्थ्यौं , नत्र फेरि ऊ पनि अरुण र विजिताजस्तै पराई मान्छेहरूको हूलमा हराउन पुग्ली भन्ने पनि हामी सबैको चासोको कुरा थियो । 

चन्द्रिकाको विगत कम चाखलाग्दो थिएन,
        चन्द्रिकाका बाबु सरकारी जागिरमा रहेछन् । बाउन्न घुस्सा त्रिपन्न ठक्कर खाएर अगाडि बढेका १ हुन त हामीकहाँ जागिर भन्नासाथ धेरैलाई यस्तै स्थितिबाट गुज्रिनुपर्ने अनिवार्यता नै हुन्छ, तै पनि खगराज अर्थात् चन्द्रिकाका बाबु चाहिँ अलि बढ्तै पेलाइमा परेका रे !  शुरु शुरुमा खर्च धान्नै गाहारो पर्ने, पहाडको घरबाट बाबु मधेश झरेको वर्ष उल्टै खर्च पठाउनुपर्ने, दुइ जना भण्टयाङ् भुण्टुङ्को पढाई खर्च, घर भाडा आदिको बोझको कारणले विचरा खगराजले न आफ्नो स्वास्थ्यको वास्ता गरे, न त चन्द्रिकाकी रोगी आमा सुमतिको राम्रोसँग औषधीमूलो गर्न सके । अनि सुमति ओइलाउँदै गइन् र चन्द्रिका बाह्र वर्षकी हुँदैमा उनले आफ्नो नश्वर देह त्याग गरिन् । पछी जागिरबाट पनि सन्तुष्टि पाइरहेका र बाबुको अपुताली मधेशको जमीनले गर्दा अनायास र अप्रत्याशित रूपमा सम्पन्न बन्न पुगेका विचरा खगराजले पैसाको खोलै बगाएका थिए रे सुमतिका लागि । तर धेरै ढीलो भइसकेकोले दैवका अगाडि उनको केही लागेन ( दुइ सन्तानलाई लोग्नेको जिम्मा लगाएर सुमति विदा भइछन् । चन्द्रिकाको दाजुले त्यतिवेला भर्खरै स्कूल सकेको थियो रे ! ऊ त ६ कक्षामा कतै बोर्डर भएर पढ्दै थिई रे ।
       खगराजले आफ्ना छोराछोरीको अनुहार हेरेर अर्को बिहेको झन्झटमा नपर्ने निधो गरेछन् । दिदी बहिनीले कर गर्दा पनि उनले मानेनन् रे !  विस्तारै घाउ पुरिंदै गयो, कामको व्यस्तताले गर्दा उनी प्रायशः ढीलै फर्कन्थे, घरको जिम्मेवारी बुढीकन्या भएर पहाडमा बसिरहेकी फुपूले सम्हालिदिएकी थिइन् । चन्द्रिकाको दाजु विपुल पर्ढाईमा निकै तेज थियो ( सुमतिले आफू बाँचुञ्जेल एकछिन नछाडी विपुलको हेरविचार पुर्याएकी थिइन्, कतिपल्ट खगराजजीले विपुललाई होस्टेलमा राख्ने प्रस्ताव गरेका थिए रे, तर सुमतिको अगाडि उनको जोड चलेनछ । विपुललाई अमेरिका पढ्न पठाएपछि खगराजजीले चन्द्रिकालाई होस्टेलबाट छुटाएर ल्याएछन् । आमा विनाकी छोरी भनेर बाबुले पुल्पुल्याउनसम्म पुल्पुल्याएकाले चन्द्रिका अलि घमण्डी र मात्तिएकी थिई । फुपू बज्यै बाहेक ऊ अरू कसैलाई अर्थात् बाबु र घरका नोकर चाकर कसैलाई पनि टेर्दैनथी रे ! हामीलाई उसैले भनेकी थिई यी सबै कुरा । कहिले क्लासमा, कहिले बगैंचामा, कहिले क्याण्टीन त कहिले बाटोमा हिंड्दै गर्दा ऊ आफ्नो इतिहासका पाना हाम्रा अगाडी एकपछि अर्को गर्दै खोल्ने गर्थी ।
      पोहोरको वर्ष हामी कोही पनि छुट्टीमा घर गएनौं । सीताराम दाजु भेट्न अष्ट्रिया गयो, मालती मावली भन्दै मामाकहाँ हिंडी रुसतिर, म र सुरेश यतै बस्यौं, चन्द्रिका र संगीतामात्र नेपालतिर लागेका थिए । तर छुट्टी सकेर डेढ महिनापछि फर्कंदा चन्द्रिका एक्लै फर्केकी थिइ । संगीताले पढाई छाड्ने निधो गरिछ कि ! ऊ फर्किन । तर हामीले धेरै पल्ट चन्द्रिकालाई सोध्यौं ( संगीताले किन यसरी झण्डै अन्तिम वर्ष पुगिसकेपछि पढाई छोडिछ, तर ऊ केही टिप्पणी गर्दिनथी,
  “खै ! म के जानुँ ! यता आउँदा पनि भेट भएको होइन ! उसलाई डोमेस्टिक टर्मिनलमा छाडेर आएपछि त एक पल्ट फोन सम्मपनि गरिन नकच्चरीले ? त्यत्रो दिन मकहाँ बसी तै पनि …………………… “भन्दै टिम्केर हिँड्थी ।
मुखले चाहीं यत्ति मात्रै भन्थी ऊ ! 
     पढाई शुरु भएपछि हामी आफ्नै सुरमा लाग्यौं । बाहिर गएका सवै जना फर्किसकेपछि जाँचको निमित्त तयारी गर्नुपर्ने भएकाले सवैलाई अत्यास नै थियो । घर नगएकालाई घरबाट फोन आउने गर्थ्यो, मलाई भने एक पल्ट भाइले सञ्चो विसञ्चो सोधेको मात्र थियो, बुबाचाहिँ काम गर्न म अल्झिएकाले वर्षदिनको पढाई बिगार्यो भनेर रिसाउनु भएको थियो रे ! यस्तैमा ५/६ महिना बितेको पत्तै भएन । एक दिन एक्कासी चन्द्रिका मेरो कोठाभित्र हस्याङ्ग फस्याङ्ग गर्दै पसी, सुरेश ग्रोसरी गएकोले म एक्लै कम्प्युटरमा काम गर्दै थिएँ ( हप्ता दिनपछि प्रोजेक्ट तयार गरिसक्नु पर्ने थियो ।
     सुन्यौ रु भन्नै पनि लाज लाग्छ !  आज विपुलले अमेरिकाबाट फोन गरेको थियो !  मेरो बुबाले अर्की आमा ल्याउनुभेछ ! 
मैले एकपल्ट उसको अनुहार हेरें । चन्द्रिका रिसले रातै भएकी थिई । तर मलाई भने कुनै अस्वाभाविक कुरा भए जस्तो लागेको थिएन । विचरा अंकल !
     कम् अन् चन्द्रिका !  यू  सूड् बी ह्याप्पी ! अंकल् भर्खरै चालीसको मध्य काट्नु भो तिम्रो कुरा अनुसार !  यत्रो बाँकी जीवन कसरी काट्ने त रु तिम्रो दाजु विपुल अमेरिकै बसिहाल्छ, तिम्रो पनि के ठेगान !  अनि बुबाले के गर्ने  ? भन् न तैं ! 
चन्द्रिकाले मेरो सबै कुरै नसुनी एकै सासमा भनी( मैले त्यस्तो केही भनेकी होइन र भन्दा पनि भन्दिन । तर तिम्लाई थाछ ( मेरी अर्की आमा को भनेर  
    संगीता …………….
मेरो तालुदेखि तातेर आयो । म किंकर्तव्यविमूढ जस्ती भएँ । चन्द्रिकालाई के जवाफ दिने भन्ने सोच्दै थिएँ ।
 झन् मैले ३/४ दिन फ्लाइट छैन भनेर उसलाई आफ्नो घरमा लगेकी त चण्डाल्नीले …………………
 बुबा पनि कति नकच्चरो !  मलाई फोन गरेर छोरी, मैले तिमीलाई अर्की आमा ल्याएको छु भेटे पछि सवै कुरा गरौंला, नरिसाउ है रु भन्न सक्ने …………. हिड्ने वेला चन्द्रिकाले हामीलाई भनेकी थिई । 
      यसरी त्यो दिन चन्द्रिका मेरो कोठाबाट अल्पिएकी थिई । संगीताको परिवारलाई म राम्ररी चिन्दथेँ ( उ भित्रभित्रै गुम्सिएर बाहिरी हाँसोमात्र देखाउने गर्थी । त्यसैले गर्दा नै उसलाई हामी कसैमा नभएको रक्सीको लत लागेको थियो । सम्भवतः मसँग जति नजीक थिई ऊ, त्यत्ति शायद सीतारामसँग पनि थिइन होली । घरबाट पढ्न आउँदा एउटा घिनलाग्दो परिवेशबाट उम्केर आएको अनुभव गर्थी, मसँग कुरा गर्दा संगीता ! 
         उसकी आमा र काका मिलेर उसको बाबुलाई मन्द विष दिएर मारेका रे १ कति निर्मम र सिनेमाको पटकथा जस्तो लाग्ने, तर संगीताको जीवनको त्यही नै सत्य थियो । त्यसैले नै शायद उसले खगराजकहाँ ३/४ दिन मात्र बसेपनि यति ठूलो निर्णय लिएकी होली भन्ने मलाई लागेको थियो । अरू कसैलाई आफूले कहिल्यै नभनेको कुरा म चन्द्रिकालाई कसरी भन्न सक्थेँ । अनि हामी सवै कहिले सम्झाउने पाराले त कहिले चिढ्याउनुपर्दा उसकी अर्की आमा भनेर संगीताको प्रसंग झिक्ने गर्थ्यौं । संगीताले लिएको निर्णय ठीक अथवा बेठीक के थियो म भन्न सक्दिन, तर चन्द्रिकाका बाबु खगराजजीको निर्णय भने मलाई ठीकै लागेको थियो । संगीतालाई कसैले जवर्दस्ती गरेको थिएन र वास्तवमा दुवैका लागि त्यो एउटा नयाँ जीवन को शुरुआत थियो ।
       अहिले त जुग वितिसक्यो, गर्मीको छुट्टीमा जाँदा शुरु शुरुमा हामी संगीता अर्थात् ‘चन्द्रिकाकी अर्की आमालाई ‘ए सौतेनी आमा’ भनेर जिस्क्याउँथ्यौँ पनि, ऊ एक्लै चिढिन्थी एकाधपल्ट !  तर पछि बानी लाग्यो र ऊ पनि कम कहाँ थिइ र ‘ए डल्लीहरु, गफ चुटेर मात्र बस्ने होइन, भान्छामा आएर आमालाई सघाउनु छैन नकच्चरीहरु !  भन्दै हकार्न थाल्थी ।
     चन्द्रिका र मैले नेपाल छोडेको पनि दश बर्ष नाघिसक्यो । हामी छुट्टीमा नेपाल जाँदा हाम्रो जे काम भए पनी ‘अर्की आमा’कै जिम्मामा हुन्छ, संगीताले हामी पुग्ने हप्तादिन अघि नै नेपाल वसुन्जेल सम्मकालागि मिनेट मिनेटको कार्यक्रम वनाइसकेकी हुन्छे !  चन्द्रिकालाइ नेपाल नआउँदा पनी ‘आमा भनुँला,यो पठाइदे,बाबुको नाममा पूजा गराइदे देखी लिएर नेपाल आउँदा लाड्डिएर रुने, ‘खुट्टा दुख्यो आमा’ भन्दै नाटक गरेर खुट्टा समेत मिचाउने गर्दी रहिछ ! चन्द्रिका र हामी सवैलाई च्वास्स बिझ्ने चाहीं संगीता कहिल्यै आमा नहुने कुरा थियो ! कसैको वच्चा एडप्ट गर्न पनि मानीन उसले !  ऊ भन्ने गर्थी, ‘मैले यसमा पहिल्यै संझौता गरिसकेकी छु र यसैलाई इमान्दारीपूर्वक पालना गर्छु’ ।

 [email protected]

२७६ भीमनिधि तिवारी मार्ग, काठमाडौँ 

प्रतिक्रिया दिनुहोस्