Logo

गजल

काँडाले सुगन्ध पायाे महत्व पाउन सकेन

गरिरह्यो सुरक्षा तर मायाँ लाउन सकेन

 प्रियाकाे चेहरा सम्झेर घर अाउन खाेज्थ्याे ,

साहुकाे रिन सम्झियो उसले अाउन सकेन 

यी अाँखामा उसको सपना सजाएको छु ,

उसको अाँखामा मेराे तस्बिर अटाउन सकेन 

हात समाउनले पिठ्युँ छुरा प्रहार गरेदेखि ,

उसले अब कसैको हात समाउन सकेन 

बस्न त उ पनि कसैकाे दिलमा बसेकाे थियाे ,

ठेगाना फलानाे दिल हाे, बताउन सकेन 

  सन्ध्या सापकोटा
   हाल, लेवनान

प्रतिक्रिया दिनुहोस्