“प्यास”
कसरी हुन्छ महशुस
दिल र दिमागमा तिम्रो याद ,
आँधी तुफान जसरी उडेर
तिम्रो सामु आउँदा पनि
थाहा नपाउने ?
एक्लोपन चियाउने
रित्तोपन चिच्याउने,
अनि आशाका चिराग बाल्दै
रातको अँधेरी धाउने।
व्यग्र छट्पटी सुस्केरा सँगै
निदरी भगाइरहने,
जिन्दगी धुवाँसरि
मन भुवा बनेर उडाई
रहने चंगा सरी ।
यसरी नै शुरु हुन्छ तन, बदनमा
तिमी सँग भेट्नुको प्यास
जुन प्यासमा तड्पिएर
कहिल्यै तिमीलाई भुलाउन सक्दिनँ ।
“गंगा पनि बग्नको लागि
शिवको जटावाट नै चाहन्थिन्”
बुझ !अब मेरो अाँखाहरू
झनै प्यासी छन्
तिम्रो साथ बिना यस
प्यासलाई कसैले बुझाउन सक्दैन।
“फूलहरू भंमरा देख्दै डराउँछन्
उसमा भएको रस चुस्छ भनी,
तर अाज स्वयंम फूल
प्सासी भएको छ, रस चुसाउन सुगन्धित ‘भै’
फूल्दछ भंमराको नजरमा ”
सक्छौ भने मलाई पिंजडामा राख
उड्न नदेऊ खुल्ला अाकाशमा
चरी बनेर
प्यासले अाकुल व्याकुल भएर,
पुग्न नपरोस् शिकारीको
बन्धनमा,
कल्पनाका प्वाँख सिउरिएर,
कालो आकाश निल्दै
जीवन, अनि मन जलेर
धुवाँ जिन्दगी ,
आजाद भुवा यो मन
भरिलो बतास,
रित्तिएको सास
बाँकी केबल छाप तिनै,
सुकिला आँखा,धमिलो छाया
अनि तिमी सँगै झल्केको माया
तिमी सँग भेट्ने आशमा ,
तिम्रो पर्खाइमा हर रात,
हर सपनामा मेटाउन प्यास
सन्ध्या सापकोटा
हाल ,लेवनान