Logo

परिचय

 नवीन प्यासी

पत्थरहरु कठोर भएकै कारण ईश्वरजस्ता भएका हुन

कोमल हुनु भनेको त चुँडिनु हो ,जस्तो फूलले बैंस भन्न पाउँदैन

कोमल हुनु भनेको त पग्लिनु हो ,जस्तो मैनले जीवन भन्न पाउँदैन

कोमल हुनु भनेको त इशारामा चल्नु हो ,जस्तो बादलले आफै केल्टे फेर्छु भन्न पाउँदैन

पत्थरहरु राजनीति जान्दैनन्

बसिदिन्छन् निशंकोच सिमानामा र छेक्छन अँध्यारोले छोडेको तुफानको लश्कर

पत्थरहरु चलखेल जान्दैनन्

उभिइदिन्छन बेमतलब कमजोर सतहको छेउछाउ र बजारिदिन्छन भूकम्पको छातीमाथी बुट

यीनीहरु यति सोझा हुन्छन की

नदीले बिचबाटोमै अलपत्र पार्दा पनि जिउने कला सिकिरहेका हुन्छन

यदि रिसाए भने यीनीहरु

निधारको बिचमा बजारिन सक्छन् /कुटिल पैतालाहरुको बिरुद्धमा उभिन सक्छन

पत्थरकै नक्कल गरेको कारण

हिउँको थुप्रोले हिमाल भएर मुस्कुराउने गर्छ

माफ गर्नुहोला !

तपाइले जसलाई छुने चेष्टा रहनु भएको छ उनी फूल होइनन् पत्थर हुन ।

 
 
प्रतिक्रिया दिनुहोस्