कविता : उपासना
सिन्धु पौडेल
आज एक्कासी बहन मन लाग्यो
तिमीलाई छोएर हावा जस्तै….
प्रेम पनि तिमीलाई नै गरूँ पूजा,
उपासना पनि तिम्रै गरूँ
च्याप्पै अँगालोमा बेरेर
यो मुटुको धड्कन तिमीलाई नै सुनाउँ
तर कसरी ? तिमी जो छौ टा… ढा म भन्दा कोसौं टा ….ढा
न त म तिमीलाई छुन/छाम्न नै सक्छु,
न त अनुभब नै गर्न तर पनि ………..
तिमीले टेक्ने धर्ती र मैले ओढ्ने आकास त यौटै हो नी।
तिम्रै प्रेमको मिठो महशुसमा
फूलहरु संग मौन संवाद गर्दै
अनि सागरको बिचमा निथ्रुक्क भिजेर
डुबुल्की मार्दै तैरिरहेको हुन्छु
तिम्रै प्रेममा कल्पनाहरुहरू बोकेर तिम्रो मायाँको
हेर न, … यो प्राकृतिक छटाले
तिम्रै सुन्दरता र माधुर्यको मधुमास जस्तै
अनि बिहानीको झुल्के घामले
शीतको लालीमा प्रकास छरे झैं
मेरो मनको बाटो हुँदै
मुटुभित्र बास माग्दैछ
ईश्वरले जस्तै दाहिनेपट्टि
के गरूँ ? दिउँ या नदिउँ …??
कस्तो विरोधाभास …!
स्वीकृति वा अस्वीकृति ?
झगडा हुँदैछ गुराँस र पलाँस बिच
गुराँस भन्छ,
स्वीकृति देऊ र शिरमा सजाऊ
अनि पलाँस भन्छ,
अस्वीकृति .
मात्र आँखाले हेर
कहाँ सजाउँ तिमीलाई म …?
शीरमा …? दिलमा…??
या मात्र आँखामा….???
उफ्…कस्तो दोधार
तर जे सुकै होस्
म तिमीलाई नै पुजिरहूँ
तिमीले दिएको विश्वास को बिउलाई
स्याहारेर ठुलो बनाउँ
प्रेमको रुख त्यहि छहारीमा बसेर
तिम्रै प्रेमको उपासना गरिरहूँ …
र तीमीलाई नै पुजिरहूँ…
हाल ईजरायल