गजल
भन्नेहरूले भनी रहन्छन्, नझार्नु आँसु कत्ति पनि
नचले हावा, नचले हुरी, निभ्दैन बल्दै बत्ति पनि
छाती छ मेरो पहरा जस्तो,लागेर कैल्यै दुख्ने छैन
जे पर्छ अघि सहन्छ भनी नगर्नू मलाई अत्ति पनि
बगेको नदी हिउँ परेर बरफ बने झै भो जिन्दगी
आफैलाई आज आफूमाथि नै भएन भरै रत्ति पनि
मेट्नु’थ्यो नक्सा आफ्नै आमाको छातीमा टेकी रगत चुस्दै
स्वाभिमानले छेक्यो मलाई सकिन गर्न यत्ति पनि
‘आनन्द’ छैन तिमी बिनाको जिन्दगी जिउन भन्छौ भने
सहारा दिने पाउने छौ सारा,खोजी हेरेमा जत्ति पनि ।
आनन्द श्रेष्ठ
सामाखुशी,काठमाण्डौं
हाल:न्यूयोर्क,अमेरिका