Logo

आमा

सुर्यजस्तो ठुलो रातो टिका निधारमा लगाउँदा

मेरी आमा साह्रै राम्री देखिनुहुन्थ्यो

संसारकै सबभन्दा तेजस्वी स्वास्नीमानिस

तर बुवा बित्नुभएदेखि आमाले टिका लगाउन छोड्नुभयो

बिना टिका मलिनो देखिन्छ आमाको अनुहार

जव गोधुलिको बेला

निधारमा सुर्यको रातो टिका लगाएको

आकाशलाई देख्छु

म आमालाई सम्झिन्छु

रातो टिका लगाएको आकाशपनि राम्रो देखिन्छ

तर, आमाजस्तो राम्रो होइन

काठमाण्डौं

प्रतिक्रिया दिनुहोस्