Logo

नयाॅ बर्ष

 दिन महिना बर्ष बित्दै गयो

सधैंं झै

आशाका सयौं सुर्यहरू
उदाएर आकासमा
धर्तीको काखमा पारिलो पाईला टेकेर
 तिम्रो सामु आईपुगेको छु।
चलायमान छन् यत्र-तत्र
जीवनरूपी मस्तिष्कमा
तिम्रो सामु आईपुगेको छु।
आफ्ना उज्वल चेत पोखेर
नवजागरण, नयाॅ बर्ष
जोस जागर मलाई हिजो जस्तै दोहोरियो।
कोमलता र हार्दिकता बटुल्दै
हिजो समयको समभाव भित्र
तिमीले आफ्नो स्वार्थको लागी
फ्याॅकि दियो, चट्टान सरी,
भत्किएका घरहरू झै मनोस्थितीमा,
साॅगुर बाटाहरू जस्तै चेतनामा
नाड़्गिऐका पहाड़हरू अभिएका अनुहार जस्तै ,
त्यो बेला सधैंं झै
सदभावनाको सुर्य उदाएकै थियो
यो नयाँ बसन्तको संघारबाट
प्रगति,जागरण,जोस,उमड़्ग हर्ष, खुशी, तिम्रा पोल्टा भरिदिएको थिएँ ।
ईन्द्रेणी प्रवेश गर्दै गरेको बेला
केवल तिमीले बशन्तको अंगालोमा मेरा सपनाका फुल झारी दियो।
यो जीवनको गति तेज भएको
सुन्दर समय थियो।
तर म कहिले हार मान्दिन।
भोगाई भन्दा पर
अर्को जीवन छैन
भोग्नु भन्दा अर्को
जीवनको बिकल्प छैन
सधै झै तिमी सम्म आईपुगेको छु।
हाॅसी हाॅसी,
समयले रंग फेरेर एकपल्ट
यसपाली बशन्तमा सुन्दरमय भविष्यको पालुवा पलाउन थालेको छु।
थुप्रै,पिडा,दुःख छाडी
फेरि एकपल्ट
बशन्ती हरियालीको आशामा
जनता र देशमा
नयाॅ भविष्यको प्रकाशसंगै आशाका ज्योती आनन्दको सिमानभित्र,
तिम्रो स्वागत विना तिम्रै आगनमा
सम्पूण॔ नेपालीहरूको खुशीका फुल फुल्ने रहरमा टुपुल्क आईपुगें।
त्यसैले यसपाली शुभकामना
नेताहरूलाई र हाकिमहरूलाई लगोस्।
ओल्मपिक खेलाडीहरू व्यस्त भऐ झै
सबैले आफूमा आफैले व्यबस्था नराखे,
खोलाको पानी अगाड़ि बढे झै
आफ्नो व्यवस्था मात्र मिलाउन नसकोस्।
जनताको सुरक्षा र अधिकारलाई नहोमुन्।
आमाको मुटुलाईअंशबण्डामा नबाँडियोस्।
आमाको सपनामा यो बर्ष
आफ्ना अनुभवका तेजिला किरणले
अँध्यारोबाट उज्यालोको यात्रामा
आमाको चाहनालाई
प्रजातन्त्रलाई माया गर्नु छ, जोगाउनु छ,
आफ्ना चेतनाका पंख फिँजाएर
निस्कनु पर्छ अँध्यारोबाट
प्रत्येक पल हर समय नयाँ वर्ष
वास्तविक वनाउनु छ, बाँच्नु छ
  हाल बोस्टन अमेरिका
प्रतिक्रिया दिनुहोस्