Logo

कविता – अब म मान्छे बन्दैछु !

-निभा खुशी

  जब म

आइमाई बस्ने पिँजडाबाट बाहिरिएँ

अहो !

मयुरका प्वाँख झैँ

रंग विरङ्ग भई

सपना, उमङ्ग र स्वतन्त्रताका प्वाँखहरू

एकैसाथ फिजारिए

र, आफूलाई

आईमाई मान्छेबाट

मात्रै मान्छेमा रुपान्तरण गरेँ ।

बर्षौदेखि थुनिएकी म

विवशताको पिँजडामा

चुलाको चौघेरा

धारा अनि पधेँरा

एकपक्षीय सामाजिक संस्कारको नियम
र,

आईमाई जातको सुगाबाट

बल्ल बाहिरिएँ

खुल्ला आकाशमा ।

कहालीलाग्दो कष्टकर पिंजडाबाट

एकफेर स्वतन्त्रताको लामो श्वास फ्याल्दै

अब म

मात्रै मान्छे बन्दैछु ।

प्रकाशित मिति ,२०७४ साल माघ ५ गते, शुक्रवार

 
प्रतिक्रिया दिनुहोस्