Logo

२५६७ औं बुद्ध जयन्तीको अवसरमा लुम्विनी विश्व शान्ति मन्चद्दारा लुम्बिनीमा विशेष कार्यक्रम

लुम्विनी विश्व शान्ति मंच (Lumbini World Peace Forum) काे आयाेजनामा हिजो शुक्रबार बिहान २५६७ औं बुद्ध जयन्तीको अवसरमा लुम्विनीमा विशेष कार्यक्रम र साँझ भैरहवाकाे हाेटल सिटि सेन्टरमा “लुम्विनी विश्व शान्ति फेस्टिभल २०२३” (Lumbini World Peace Festival 2023) भब्य रुपले सम्पन्न भयाे।

मन्चका अध्यक्ष वासु गाैतमकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा लुम्विनी प्रदेशका मुख्य मन्त्री माननीय डल्ली प्रसाद चाैधरी प्रमुख अतिथी तथा प्रदेश  मन्त्री माननीय सन्ताेष पाण्डे विशेष अतिथी रहनुभएकाे थियाे।

उक्त कार्यक्रममा हाेटल एसाेशियन अफ सिद्वार्थनगरका पदाधिकारीहरु रविन्द्र शर्मा, किशाेर जाेशी, पत्रकारहरु नरेश केसी, प्रकाश न्याैपाने, वरिष्ठ ईन्जिनियर दुजेन्द्र बस्नेत लगायतका गन्यमान्य ब्यक्तित्वहरुकाे उपस्थिति रहेकाे थियाे।
कार्यक्रमलाई अझै भव्य र सभ्य बनाउन शास्त्रीय संगीत सम्पदा ब्याण्ड तथा गायक शिव केसी (भुटेश) काे विशेष सांगितिक प्रद्वर्शन रहेकाे थियाे।

एक समाराेह बिच प्रमुख अतिथी माननीय मुख्य मन्त्रीले पत्रकारिता क्षेत्रमा करिब २८ वर्ष याेगदान दिनुहुने कान्तिपुरका पत्रकार माधव ढुङ्गना, चेलिबेटी बेचविखन राेकथामका सामाजिक अभियन्ता वीर फाउण्डेसनका अध्यक्ष विजया खत्री रावल, अन्नपूर्ण मिडिया ग्रुप र टुर डे लुम्विनीलाई “लुम्विनी विश्व शान्ति अनर २०२३” (Lumbini World Peace Honor 2023) ले सम्मान गर्नुभयाे।

कार्यकममा साेपान फर्मास्युटिकल्स लि., नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक, मुक्तिनाथ विकास बैंक, सगरमाथा लुम्विनी विमा कम्पनी लि., अर्घाखाँची सिमेन्ट, किङ अवेस्टर च्याऊ, पवन मिष्ठान भण्डार, सिद्वार्थनगर नगर पालिका, हाेटल सिटि सेन्टर, हाेटल नान्स, हाेटल माैर्य, तथा गाैतम बुद्व एयरपाेर्ट हाेटलकाे प्रायाेजन रहेकाे थियाे।

कार्यक्रममा कपिलवस्तुकाे सिया आर्ट एण्ड क्राफ्ट र लुम्विनी प्रेस क्लबकाे विशेष सहयाेग रहेकाे थियाे। कार्यक्रमलाई पन्त ग्लाेबल कन्सल्ट्यान्सीले ब्यवस्थापन गरेकाे थियाे।

 

प्रतिक्रिया दिनुहोस्