Logo

कलाकार नानु गुरुङ प्रकरणमा स्याङ्जा समाज युकेले दियो स्पष्टीकरण

सामाजिक सन्जाल र युट्युबमा भाईरल भएको कलाकार नानु गुरुङ प्रकरणबारे स्याङ्जा सेवा समाज युकेले संस्थाको तर्फबाट एक बिज्ञप्ती निकाल्दै स्पष्टीकरण दिएको छ । बिज्ञप्तीमा भनिएको छ,

बिषय: 8 September माwww.rangintvnepal.com YouTube Channel मा राखिएको भिडियो र त्यसबारे प्रतिक्रिया।

-आयोजक समितिले नेपालबाट कलाकार ल्याउनका लागि निभाएको भूमिका: बेलायतमा केहि बर्ष यता मात्र स्थापना भएको समाज SSUK को आयोजनामा सदस्यहरुको एक आपसको चिनजान, सहयोग, एकता र विकासका लागि गरिएको वार्षिक भेलामा, आफ्ना जिल्लाका नवोदित कलाकारहरुलाई बेलायत बोलाएर आफ्नो कला प्रदर्शन गर्न पाउने अवसर मिलाएको थियो।

यसै क्रममा, एक ख्याति प्राप्त कलाकार ( जो तोकिएकै समयमा नेपाल फर्के) र अर्को महिला कलाकार (जुन आज जटिल समस्याको कारक बनेर बेलायतमा नै बसिरहेकी छिन्) लाई संस्थाले छनौट गरी ल्याएको थियो।

कलाकार र आयोजक समिति बीच भएको सम्झौता अनुसार तोकिएको कार्यक्रममा सहभागिता जनाई ३ सेप्टेम्बरमा सम्मान कार्यक्रम र बिदाई गरिने पूर्व सहमति अनुरुप ५ सेप्टेम्बरमा नेपाल फर्कने निश्चित गराईएको थियो।२ मध्ये १ कलाकारले सम्झौता बिपरित नफर्कने निर्णय लिईन् । सोहि अनुरुप SSUK का आयोजक समितिले, समाजका सदस्य लगायत वरिष्ठ ब्यक्तित्वहरुलाई २३ अगस्टका दिन बैठकका लागी आव्हान गरेको थियोे ।

– बैठकले, बिभिन्न संरचना र निष्कर्षका साथै कानुनी प्रक्रियाका पाटाहरु बिच छलफल गर्यो र अन्तमा समाजका केही वरिष्ठ ब्यक्तिहरुको रोहवरमा युकेमा रहेकी कलाकारसँग छलफल र नेपाल नफर्कनुको कारण बुझ्ने प्रयास गर्यो ।

– सोहि अनुरुप ३१ अगस्टमा कलाकार सहित, SSUK समाजले तोकेका ५ जना वरिष्ठ ब्यक्तित्वहरुका साथ बैठक बसेको थियोे।

– उक्त बैठकमा visa policy र immigration law सम्बन्धि जानकारी गराईएको थियो। त्यस्तै प्रकारले प्रायोजक, आयोजक र कलाकार बिच भएका सम्झौताका विषयमा पनि कलाकारलाई स्मरण गराईको थियो। यि सब बिवरण सक्दा नसक्दै बिचमै महिला कलाकारले बिपरित निर्णय सुनाएकी थिइन् । बैठकमा उपस्थित प्रत्येक सदस्यले उनलाई सम्झाई बुझाई नेपाल फर्काउने प्रयास गरे। तर उनले फेरी पनि गरिएको सम्झौता र तोकिएको समय अनुरुप नफर्कने अडान लिईन् ।

– अन्तमा बैठकमा उपस्थित सबैले कलाकारकै योजना र माग सुन्न तयार भए। कलाकारको माग: ३ – ४ वटा कार्यक्रम (जुन आयोजक र प्रायोजकको स्विकृति बिना कलाकार आफ्नै मनोमानीमा राखिएको बुझिन्छ) गरेर २९ अक्टोवरमा आफ्नै खर्चमा नेपाल फर्कने निधो सुनाईन् ।

– यदि कलाकारले निम्न लिखित प्रावाधान र प्रक्रियाको पालना गरे वा समयमा स्विकृतिका लागी निवेदन पेश गरेर प्रायोजक र आयोजक समितिलाई यी सब प्रक्रियामा संतोषजनक जवाफ र कानुनी प्रक्रिया अनुरुप पुष्टि भएमा कलाकारको माग अनुरुप थप बस्न दिने बैठकले निर्णय गरेको थियोे ।

– बैठकको सर्त: कलाकारलाई जिम्मेवारी लिने ब्यक्तिको पूर्ण बिवरण र उहाँहरु बिचको सम्बन्ध के हो? बस्ने, सुत्ने र बिमार हुँदा औषधि उपचारको व्यवस्था कस्ले र कसरी गरिएको छ (स्वास्थ्य बिमा)? कस्को घर हो, घरधनी खुलेको प्रमाण छ कि छैन? यी सब ब्यहोरा खुलेको साथै बस्न र राख्न पाउँ भनी दुवै पक्षको निवेदन ३ सेप्टेम्वर भित्र पेश गरी सक्नुपर्ने जनाएको थियो। कलाकारले, माथिका बुँदाहरुलाई सहर्ष स्विकार गर्दै बैठक स्थगित गरिएको थियो।

– दुर्भाग्यवश कलाकारले SSUK ले प्रस्ताव गरेको सबै शर्तहरु एवं सहमतिलाई बेवास्ता गरिन् । उनी ५ सेप्टेम्बरमा नेपाल फर्कन पर्ने थियो त्यसलाई पनि पूर्ण रुपले लत्याईको पाईयो। फलस्वरुप, प्रायोजकलाई सूचना दिईयो र कलाकारलाई प्रायोजकलाई जिम्मा पनि लगाइएको हो। उहाँहरुले चलाएका प्रक्रिया सम्बन्धि जानकारी लिन चाहे प्रायोजक टिम सम्पूर्ण विवरण दिन तयार छ। यदि चित्त नबुझेको खण्डमा कृपया NRNA UK सँग सम्पर्क राख्न विनम्र अनुरोध गरिन्छ।

“कलाकारले YouTube मार्फत दिएको प्रेस विज्ञप्ति ”

– त्यसमा लगाइएका आक्षेप, आरोप र धम्की प्रति कुनैपनि संघ संस्थाले प्रतिकृया दिएको छैन र प्रतिक्रिया जनाउन पनि मिल्दैन। किनकि, बेलायतका संघ सस्था र UK वासी नेपाली सभ्य र शिक्षित छन्। यस्ता फोहोरी खेलप्रति पूर्ण सचेत र सजग छन्। Social Media मा कसरी चल्नुपर्छ, Cyber Crime के हो, यसको असर के छ, जिम्मेवारीपूर्ण ढंगले चलेर, अरुको मान प्रतिष्ठालाई सम्मान गर्दै कसैको पनि निजि जीवनमा ठेस पुर्‍याउन हुन्न भन्ने राम्रो ज्ञान राख्छ।

विवादमा रहेकी कलाकार बेलायत जस्तो मानव अधिकारको विषयमा विश्वलाई नेतृत्व दिने देशमा छिन्। यहाँ विधिको शासन चल्छ। कलाकारलाई संस्थाले नै यदि लगाएको आरोप सत्य हो र आफूसँग पर्याप्त प्रमाण भए तुरुन्त कानुनी उपचारमा लाग्नु भनेर बारम्बार सल्लाह सुझाव दिई राखेकै छ। आवश्यक सहयोगका लागी आम UK बासी नेपाली तत्पर छन्। आरोपित ब्यक्ति स्वयंले कानुनी उपचारको बाटो खोज्न आह्वान गरेकै छन् । जुन कुरा उनले आफ्नो प्रेस बिज्ञप्तीमा पनि प्रष्ट खुलाएका छन्।

तर, प्रश्न यो हो कि पुलिस प्रशासनकोमा नगईकन सामाजिक सन्जालमा रुँदै, चिच्याउदै YouTube मार्फत आरोप मात्र नभई सिधै क्षति पुर्‍याउने धम्की समेत प्रस्तुत गरेको देखिन्छ। कलाकारलाई साईवर अपराधको विषयमा कत्तिको जानकारी छ ? आशा छ जिम्मेवारीपूर्वक नै social media मा प्रस्तुत् भएकी होलिन्। Cyber Crime र कानुनका आँखामा, 8 September का दिन www.rangintvnepal.com YouTube Channel मा प्रस्तुत गरिएको भिडियो सावित सहितको अपराध, एक criminal offence को रुपमा पुष्ठि भएको देखिन्छ। जुन विषय अहिले Hampshire police को निगरानीमा छ।

कलाकारले यसरी प्रस्तुत् हुन आवश्यक थियो त? कि उनी कतैबाट परिचालित त छैनन् ?आखिर यो सब गर्नुको कारण के हो? फेरी सामाजिक अभियन्ता भन्दै बिभिन्न fb बाट अन्तरवर्ता लिनेहरुले प्रहरी प्रशासनमा गएर मुद्दा दर्ता गराउन सुझाव किन दिएनन्? विना प्रमाण सामाजिक सन्जालमा आएर आरोप र प्रत्यारोप गर्नु र कसैलाई धम्कि दिनु criminal offence हो भनेर सामाजिक सन्जालका अभियन्ताहरुले सावधानी र सुचित किन गरेनन्? समाजका अगुवाहरुले सहयोगको प्रस्ताव राख्दा किन नकारियो?

प्रायोजक तर्फका NRNA ले सम्झौता अनुरुप नेपाल नफर्केका कारण सूचना सुचित गरेको ३० दिनभित्र फर्कन पर्ने प्रावधान अनुरुप कलाकारको बिवरण Home Office को immigration department लाई खबर गराईएको थियो। अर्को तर्फका NRNA ले visa reinstate गराएर 11 November 2023 सम्म बस्न पाउने बनाएका छन्।

अहिले उनै कलाकार प्रायोजकले ब्यवस्था गरिदिएको घरबाट बेखबर छाडेर हिँडेको सुचना आएको छ। अब कलाकारको जिम्मा कस्ले लिन्छ र 11 November मा पनि नफर्के के हुन्छ भन्ने प्रश्न राख्दा; प्रायोजक पक्षका NRNA समितिले भने reinstate उनीहरुले नै गराएका हुन् , त्यसैले अब सम्पूर्ण जिम्मेवारी NRNA को नै हुन आउँछ । Home Office सँग सम्पर्क गरेर reinstate को प्रक्रिया को मार्फत भएको थियो, पत्ता लगाएर, त्यसै अन्तर्गत Home Office लाई पत्रचार गरी कलाकारलाई औपचारिक रुपमा बुझाईने जानकारी गराईएको छ।

कलाकार नेपाल किन फर्कन मानिनन् र social media मा किन यत्रो हंगामा फैलाईन् त?

बेलायतको immigration law लाई हेरौं: Overstay

It is a criminal offence under section 24 of the Immigration Act 1971 to overstay your visa **_without reasonable cause_ **यसलाई नियालेर हेरौं!

कलाकार भन्दा पनि उनि पछाडि लुकेका अदृश्य तत्वहरुले “**_reasonable cause”_**को फोहोर जालो बुनिरहेको भेटिन्छ। यि reasonable cause संभवत के के हुन सक्छन् त? कानुनलाई पहिल्याउँदा, कलाकारको सन्दर्भमा हुनसक्ने reasonable cause हरु:

– Political Asylum: फुटेर दुई फ्याक भएका NRNA बिचमा अर्को घटनाको कारक (काठे पुतली) बन्ने। Social Media को मैदानमा आएर नाटकिय कर्तुत प्रदर्शन गर्ने। सक्दो धेरै जनमानसको ध्यान आकर्षण गर्ने , त्यहाँका प्रतिक्रियाका आधारमा legal case को जालो बुन्ने।

– Any legal case: Emotional blackmail गर्ने, त्यसैको आधरमा प्रमाण जमाउने, सके legal case बनाउने, नपाए आक्षेप र आरोप लगाएर Medical case बनाउने।

– Medical reason: माथिका घटनाको आधारमा, कुनै रोगको पुष्टि गराउने। सबैभन्दा सजिलो मानसिक असन्तुलन वा डिप्रेशन।

यिनै तीन कारणबाट “reasonable cause” को पुष्ठि गर्ने र सक्दो लामो समय सम्म UK मा अल्झिएर बस्न खोजेको हो कि भनेजस्तो देखिन्छ। फर्कन नमान्नु,संस्थाको ईज्जत मान प्रतिष्ठालाई ठेस लाग्ने विषयलाई बेवास्ता गर्नु, विना प्रमाण मिडियामा होमिनुको अर्थ, ब्यक्तिगत स्वार्थ पो हो कि? जुन कलाकार स्वयं सँगै धेरै नजिकबाट नियालेका ब्यक्तिहरुका प्रमाण हुन्।

निस्कर्ष:

कलाकार देशका गहना हुन्, संस्कार र संस्कृतिको धरोहर बनेर नेपाल र नेपालीको पहिचान र गरिमालाई बोकेर हिँडेका हुन्छन्। कला प्रदर्शन गर्दा होस या कुनै पनि क्रियाकलापमा सहभागिता जनाउदा होस, जनमानसले कलाकारका आचरण र चल्ने शैली एक अनुकरणिय र उदाहरणिय रहोस भन्ने अपेक्षा राखेका हुन्छन्। गीत संगीतबाट जनमानसमा सकारात्मक सन्देश फैलाएका हुन्छन्।

तर समाजिक संजालमा, कसैको उक्साहटमा अनर्गल रुपमा कुनै ब्यक्ति या संस्थालाई बदनाम गराउने उदेश्यका साथ विभिन्न किसिमका नकारात्मक प्रचारबाजी गर्ने र आफ्नो निजि स्वार्थमा सिमित भै जनमानसका गम्भीर ध्यानाकर्षण गराउने प्रयास गर्नु, आफैमा अनुशासनविहीन र आपत्तिजनक हर्कतको पुष्टि हुनपुग्छ।

कलाकार भनेको कुनैपनि जात, धर्म, लिङ्ग र राजनैतिक बिभेद बाट टाढा रहेर, निष्पक्ष मानवको रुपमा उभिएको सबैले देख्न चाहन्छन्। तर बेलायतमा हालै बिभिन्न मिडियाद्दारा प्रस्तुत भएका यस्ता मिडियाबाजी घटनाले स्वाभिमानी नेपाली र हाम्रो मान प्रतिष्ठानमा ठेस लाग्न पुगेको छ।

यो गोरुको जुधाई बाच्छाको मिचाई भन्ने भनाईको सहि उदाहरण पुष्ठि भएको छ। यी तमाम समाचारहरु सत्यतथ्य नभै धमिलो पानीमा माछा मार्ने फोहोरी खेलाडीले खेलेको खेलको रुपमा प्रस्तुत हुन गईरहेको छ। यसमा कलाकार र आरोपित, दुबैबिच चरित्र हत्या गर्ने अनिष्ठ कार्य भैराखेको छर्लङ्ग बुझ्न सकिन्छ। यसमा जित कुनै पक्षको हुनेवाला छैन। यी अदृश्य शक्तिलाई चिन्न सक्ने क्षमता हामीले राख्न सक्नुपर्छ जसले यि दुई पात्रलाई लथालिङ्गै पछारेर ध्वस्त गराउने कुकर्म गर्दैछन् ।

यस घटनाको SSUK घोर भत्सर्ना गर्दै दुबै पक्षलाई सस्तो मिडियाबाजी र षडयन्त्रको फोहोरी खेल छाडेर कानुनी उपचारको बाटो पहिल्याउन हार्दिक अनुरोध गर्दछौं ।

पत्रकार र सामजिक सन्जाल कृपया यी दुबै पक्षले हालेका कुनै पनि पोष्ट झिकि दिनुहुन यसै प्रेस विज्ञाप्तिद्दारा आग्रह गर्न चाहन्छौं। यसले दुवै पक्षका परिवारजनमाथी गम्भिर मानसिक असन्तुलन ल्याएको सुचना पाएका छौं। यसले अर्को घटना निम्त्याउन सक्ने अवस्था सृजना भएको छ , जुन गम्भीर विषय हो।

जनमानस: यस विषयमा, सामाजिक संन्जालद्दारा पोष्ट भएका, कुनै पनि खबरमा प्रतिक्रिया नजनाईदिन यस समुह हार्दिक अनुरोध गर्दछ। कुनैपनि पक्षलाई यस विषयमा सहयोग चाहिएको खण्डमा यस समुदाय निष्ठवान छ र रहिरहने छ। दुबै पक्षले सहि निर्णयको न्याय पाउन् । भविष्यमा यस्ता अनिष्ठ चीजहरुबाट सुरक्षित रहन पनि SSUK आव्हान गर्दछ।✍️

धन्यवाद!
स्याङ्जा समाज युके

प्रतिक्रिया दिनुहोस्