Logo

यस्तो देखियो शीतल निवासको दशैं

स्तावेज, आश्विन १५ गते शनिबार २०७४ काठमाडौँ–राष्ट्रपति विध्यादेवी भण्डारीले विजया दशमीको टीका हनुमानढोका दसैँघरका मूल पुजारी, आमा र काकाबाट ग्रहण गरेकी छिन् । राष्ट्रपति भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासमा मूल पुजारी अर्यालले बिहान ११ बजेर ५५ मिनेटको शुभसाइत टीका लगाइदिएका थिए । त्यस अबसरमा राष्ट्रपतिलाई पूजारीले शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गरेका थिए।

राष्ट्रपति भण्डारीले पुजारी अर्याललाई टिका लगाईदिएकी थिइन् । त्यसपछि राष्ट्रपति भण्डारीलाई उनकी आमा मिथिला पाण्डे र काका जयन्त पाण्डेले पनि टीका लगाइदिएका थिए।

राष्ट्रपति विध्यादेवी भण्डारी बडा दसैँको अवसरमा छोरी, ज्वाइलाई टीका तथा जमरा लगाउँदै ।  तस्बिर : रत्न श्रेष्ठ, रासस ।
प्रतिक्रिया दिनुहोस्