Logo

समय र जीवन

 – दीपा राई पुन

   समय

प्रेमको आहुति

दिदै बिश्वास जलाउँछ

भरोसा टुटाउँछ

अनि स्वार्थको

कोटी होममा

पुरै जलाएर

खरानीको टिकाले

उत्सव मनाउँछ

जीवन

जीउनुकै अर्थहरूमा

बेखबर छ शदिंयौंबाट

बादलले अस्तित्व गुमाएर

रूझाउँछ खडेरीलाई

प्रकृतिलाई

हरियै हुँ लाग्दो हो

हिमालको त्यो उज्यालो मुहार हुन

म्याग्मा पग्लिएर

ज्वारभाटा जानुपर्छ

त्यो अस्तित्वको खोज कसले गर्ला ?

समय र जीवनसँगै

हामी एकोहोरो हिंडिरहन्छौं

कति पटक ठक्कर खाँदै

अइया नभनि उठेर

कहाँबाट आयौ

कहाँ जान्छौ

जन्म र मृत्यूको दुरीमा

केवल नापी रहन्छौ

मान्छे हुनुको ईर्ष्या मात्र । 

 हाल बोस्टन अमेरिका

प्रकाशित मिती २०७४ साल श्रावण १७ गते मंगलबार 

प्रतिक्रिया दिनुहोस्