प्रधानमन्त्रीको गृहजिल्ला डडेल्धुरामा कांग्रेसले खोल्यो खाता
असार १५, २०७४ डडेल्धुरा – प्रधानमन्त्रीको गृहजिल्ला डडेल्धुरामा कांग्रेसले खाता खोलेका छ। नेपाली कांग्रेसले अमरगढी नगरपालिका- १ मा वडाध्यक्षका उम्मेदवार लोकबहादुर ऐरसहित उनको प्यानल नै विजयी भएको छ। ७१७ मत प्राप्त गरेर ऐर वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शेरबहादुर दियालले ६२१ मत प्राप्त गरे।