Logo

पूर्वमन्त्रीसहित राजनीतिक दलका केन्द्रीय नेताहरूले मतदान गरे

सार १४, २०७४ रुपन्देही – रुपन्देहीमा पूर्वमन्त्रीसहित राजनीतिक दलका केन्द्रीय नेताहरूले मतदान गरेका छन् । एमालेका उपमहासचिव तथा पूर्व मन्त्री विष्णु पौडेलले बुटवल ८ मा रहेको सडक विभाग केन्द्रबाट मतदान गरे भने पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले तिलोत्तमा–८ मा रहेको ज्योति आधारभूत बिध्यालय केन्द्रबाट मतदान गरेका छन् । पूर्व मन्त्री तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष दिपक बोहोराले सिद्धार्थनगर नगरपालिका–३ को खजहना निमावि केन्द्रबाट मतदान गरे।

  यसैगरी एमाले उपमहासचिव घनश्याम भुसालले तिलोत्तमा ९ को गौतमबुद्ध प्रावि मंगलापुरबाट मतदान गरेका छन् । पूर्व मन्त्री एवम् कांग्रेस नेता रामकृष्ण ताम्रकारले सिद्धार्थनगर नगरपालिका–७ मा रहेको भू–संरक्षण कार्यालय केन्द्रबाट मतदान गरेका छन्। पूर्वमन्त्री भरत शाहले गैडहवा गाउपालिकामा रहेको विष्णुपुरा केन्द्रबाट मतदान गरेका छन्।

    पूर्व मन्त्री एवम् एमाले स्थायी समिति सदस्य छविलाल बिकले बुटवल ११ मा रहेको लुम्विनी वाणिज्य क्याम्पस केन्द्र, राधा ज्ञवालीले बुटवल ८ मा रहेको सडक विभाग केन्द्र, केन्द्रीय सदस्य लिला गिरीले तिलोत्तमा–१ मा रहेको न्यु लाइट केन्द्र तथा खिमलाल भट्टराईले सैनामैना–५ को केन्द्रबाट मतदान गरेका छन्।

  माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य डिलाराम आचार्यले बुटवल ११ मा रहेको लुम्विनी वाणिज्य क्याम्पस, पोलिटव्युरो सदस्यहरू दधिराम न्यौपानेले बुटवल १३ मा रहेको वडा कार्यालय केन्द्र, गिरीधारीलाल न्यौपाने र निमानन्द गैरेले बुटवल –११ मा रहेको लुम्विनी वाणिज्य क्याम्पसमा रहेको केन्द्रबाट मतदानको खवर प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्