Logo

काठमाडौंको चुनाव : महानगरमा सबैको चासो, एमालेको जीत सु-निश्चित

जेष्ठ १, २०७४,मुलुककै सबैभन्दा बढी मतदाता भएको काठमाडौं महानगरपालिका  स्थानीय तहको निर्वाचनमा मेयर परिणाम आम चासोको विषय बनेको छ । निर्वाचन सकिने वित्तिकै आइतबार रातिदेखि सबैको उत्कुसताको विषय महानगरको निर्वाचन नै बनेको छ । मुख्य पार्टी कांग्रेस, एमाले, माओवादी लागि त प्रतिष्ठाको विषय बनैकै छ । तर, छोटो समयमै उदाएका साझापार्टीका किशोर थापा र विवेकशील पार्टीका रन्जु दर्शना पनि आमचर्चाको विषय बनेका छन् । 

          प्रारम्भिक परिणाम अनुसार एमालेका बिध्या सुन्दर शाक्य ३५, कांग्रेस राजुराज शाक्य २३, विवेकशील पार्टीकी दर्शनाले २५ र साझापार्टीका किशोर थापाले २६ मत प्राप्त गरेका छन् । सबै भन्दा बढी २ लाख ७९ हजार भन्दा बढी मतदाता भएको महानगरमा यो परिणामले कसैको जितको आंकलन गर्न त कच्चा विश्लेषण हुनेछ । 

          मतदाताको प्रवृति, राजनीतिक दलप्रतिको निराशा, दलिय गठबन्धनलाई विश्षेण गर्ने हो भने, आकलन गर्न ग्राहो छ । तर, एमालेका शाक्य जनता समक्ष टेष्टेड उम्मेवाद हुन्, उनी दुईपटक एमालेबाट महानगरबाट वडा अध्यक्षमा विजयी भइसकेका हुन् । त्यसकारण महानगरको मुख्य वस्तीमा उत्तिकै लोकप्रिय छन् । 

             साथै, राप्रपा सँगको गठबन्धनले गर्दा पनि उनी बलिया देखिएका छन् । यदि राप्रपाले धोका नदिए उनकै पोल्टा भारी देखिन्छ । त्यसैगरी कांग्रेसका उम्मेदवार राजुराज जोशी पनि उत्तिकै लोकप्रिय देखिन्छन् । उनी उद्योगमन्त्री एवं काग्रेस केन्द्रीय सदस्य नविन्द्र राजज जोशीको दाजु हुन । 

       कांग्रेस पार्टीमा उनको राजनीतिक त्याग र सार्वजनिक छविमाथि  कसैले औंला उठाउन सकेका छैनन् । तर आफ्नै भाइ नविन्द्र सांसद र मन्त्री हुने र दाजुले मेयर टिकट पाउने भन्ने महानगरभित्रकै कांग्रेस वृतमा व्यापक असन्तुष्टि देखिन्छ । पछिल्लो पटक युवामाझ लोकप्रिय मानिएकी रञ्जु दर्शनाको प्रारम्भिक भोट गणना हेर्दा उनले राम्रै मत प्राप्त गर्ने देखिन्छ । किनभने  मतदान स्थलमा खटिएका अधिकारी नै दर्शनाले राम्रो मत पाएको दाबी गर्छन् । 

               प्रत्येक बुथमा औसत १ सय मत पाएको निर्वाचन अधिकारी दाबी गर्छन् । महानगरभित्र १ सय ३४ निर्वाचन बुथहरु छन् । त्यसलाई केल्याउने हो, रञ्जुलाई पनि कम आंकलन गर्न मिल्दैन । त्यसैगरी पूर्वसहरी विकास सचिव किशोर थापा साझा पार्टीबाट मेयरको उम्मेदवार हुन् । बौद्धिक व्यक्तित्वरुप परिचित थापाको प्रारम्भिक परिणामलाई कलाउने हो भने उनको मत पनि उल्लेख्य आउने अड्कल गर्न सकिन्छ । तर, जीतका लागि भने प्रयाप्त नहुन सक्छ । 

              राजनीतिक दलप्रति वितृष्णा जागेका, युवा वर्ग नै रन्जु र किशोर मतदाता देखिन्छन् । तर यी मतदाताले मात्रले रन्जु र थापालाई जिताउनमा पूरा भूमिका खेल्दैनन् । तर जित्ने उम्मेदवारलाई हराउनमा भने ठूलो भूमिका खेल्छन् । किनभने यी निर्णायक मत हुन् ।  त्यसैगरी काठमाडौका अन्य १० वटा नगरपालिका ५ स्थानमा कांग्रेस र ५ स्थानमा एमाले अग्रस्थानमा छ । कागेश्वरी मनोहरा, टोखा, चन्द्रगिरी, नागार्जुनमा काग्रेस र  शंखरापुर, बुढानिलकण्ठ, तारकेश्वर र दक्षिणकालीमा एमाले अग्रस्थानमा छ ।  

            श्रोत कान्तिपुर

प्रतिक्रिया दिनुहोस्