गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सबैभन्दा बढि
काठमाडौं – गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्सले हाल कामय चुक्ता पूँजीको १३.२७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । बोनस शेयर बापत लाग्ने कर शेयरधनी आफैले भुक्तानी गर्नुपर्ने इन्स्योरेन्सले सूचनामा उल्लेख गरेको छ ।
कम्पनीले घोषणा गरेको लाभांश हालसम्मकै उच्च हो । इन्स्योरेन्स कम्पनीले यसअघि आर्थिक वर्ष २०७१/७२ मा १०.५२ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो ।
चैत ९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।