Logo

‘ग्लोबल मनि विक’ मा प्रभु क्यापिटलले काठमाडौं बहिरा संघका सदस्यलाई दियो शेयर बजार बारे तालिम

काठमाडौं – प्रभु क्यापिटल लिमिटेडले ग्लोबल मनि विक–२०२३ को अवसरमा एक दिने शेयर तालिम तथा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । युवा केन्द्रित विविध पूँजीबजार तथा वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उदेश्यका साथ काठमाडौं बाहिरा संघ नेपालको सहयोगमा उक्त कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रम काठमाडौंको हात्तीसार स्थित नेपाल हाउसमा सम्पन्न भएको हो । काठमाडौं बहिरा संघ नेपाल अन्तर्गत रहेका सदस्यहरुमध्ये ५० भन्दा बढी सदस्यहरुको सहभागिता भएको उक्त कार्यक्रम मूख्यतया पूँजी बजारमा शुरुवाती प्रवेश तथा लगानीको महत्वमा केन्द्रित थियो ।

कार्यक्रम पूँजी बजारमा शुरुवाती प्रवेश के कसरी गर्ने, मेरो शेयर के कसरी चलाउने, शेयरबजार सम्बन्धी सूचनाको स्रोतहरु आदि विषयमा सामूहिक रुपमा अन्तरक्रिया गरी कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा काठमाडौं बाहिरा संघ नेपाल सम्बद्ध सहभागी सदस्यले शेयर बजार सम्बन्धी तालिम फलदायी भएको बताए । उक्त कार्यक्रमले शेयर बजारमा लगानी गरी आर्थिक उपार्जन गरी आर्थिक रुपमा सबल बन्न सहयोग गर्ने समेत बताए । साथै आगामी दिनमा अझै एडभान्स लेबलको तालिमहरु प्रदान भएमा यसले बाहिराहरुलाई नेपालको शेयरबजारमा लाग्न थप प्रेरित गर्ने उनीहरुले बताए ।

कार्यक्रममा काठमाडौं बहिरा संघ नेपाल सम्बद्घ सहभागी सदस्यहरुले शेयर बजार सम्बन्धी आजको तालिम कार्यक्रम एकदमै फलदायी भएको तथा अब शेयर बजारमा लगानी गरी आर्थिक उपार्जन गरी आर्थिक रुपमा सबल बन्न सक्ने बताउनुहुँदै आगामी दिनमा अझै एडभान्स लेबलको तालिमहरु पनि प्रदान भएमा यसले बहिराहरुलाई नेपालको शेयरबजारमा लाग्नको लागि थप प्रेरित गर्ने बताए ।

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्