Logo

‘ग्लोबल मनि विक’को अवसरमा समृद्धि फाइनान्सले सम्पन्न गर्यो युवा लक्षित वित्तीय चेतना कार्यक्रम

काठमाडौं – समृद्धि फाइनान्स कम्पनीले युवावर्ग लक्षित वित्तीय चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको हेटौंडा शाखा कार्यालयले शनिबार रोड हाउस रेष्टुरेन्टमा र बनेपा शाखा कार्यालयले आइतबार बनेपास्थित मिलिनियम कलेजमा विद्मार्थीहरु माझ युवा वर्ग लक्षित वित्तीय चेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो ।

‘ग्लोबल मनि विक’को सन्दर्भमा ‘प्लान योर मनि, प्लान योर फ्युचर’ भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो । भविष्यमा थप शाखाहरुबाट नियमित रुपमा विभिन्न वर्गहरु लक्षित वित्तीय चेतनामुलक कार्यक्रम आयोजना गरिने तालिका रहेको संस्थाले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरुका साथै बचत खातामा १० प्रतिशतसम्मको उच्चतम ब्याजदर समेत प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्