Logo

आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं – आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष विशाल अग्रवालले हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रममा प्रमख अतिथिको रुपमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल तथा अतिथिको रुपमा नेपाल बीमा प्राधिकरणका उच्च व्यवस्थापन तहका पधादिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
नेपाल बीमा प्राधिकरणबाट जारी भएका निर्देशनहरु तथा नीति, नियमहरुको पालना गर्दै बीमा क्षेत्रमा बढ्दै गएको तिव्र प्रतिस्पर्धा तथा अवसरहरुलाई ध्यानमा राखी एक सवल र सक्षम बीमा कम्पनीको रूपमा स्थापित भई दीर्घकालसम्म अझ उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्नका लागि दुई कम्पनीहरूको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानिय पहुँच, अनुभव र क्षमतालाई बढी भन्दा बढी प्रभावकारी बनाउदै आफ्ना सेयरधनीहरूलाई समायानुकुल उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले एक आपसमा गाभ्नेरगाभिने (मर्जर) सहमति सहित अन्तिम सम्झौता सम्पन्न भएको हो ।
उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमती भएको छ । मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारण सभामा लगिने भएको छ । दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एवं DDA रिपोर्टको आधारमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर अनुपात क्रमश १ः१ कायम रहने गरी सम्झौता गरिएको छ ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले दुवै संचालक समितिका अध्यक्ष, संचालक तथा संयुक्त मर्जर समितिका सदस्यलाई धन्यवाद दिए । साथै, सिलवालले दुवै उत्कृष्ठ व्यावसायिक घरानाका व्यक्तिहरुको संलग्नता रहेको हुँदा मर्जर पछि यो कम्पनी उत्कृष्ठ बीमा कम्पनी हुनेछ भनि शुभकामना दिएका छन्  ।
उक्त अवसरमा कार्यक्रमका अध्यक्ष तथा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकाल तथा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष विशाल अग्रवालले दुवै कम्पनी मर्जर पश्चात पूँजीको हिसाबमा ठूलो बीमा कम्पनी बन्ने र व्यवसायको रुपमा पनि उत्कृष्ठ बीमा कम्पनी बन्ने छ भनी देशको सातै प्रदेशमा रहेको ८२ वटा शाखा मार्फत सेवा प्रदान गर्ने गरी हाम्रा सहकर्मी साथीहरुबाट उत्कृष्ठ सेवा प्रदान गरी एक नमूना बीमा कम्पनीको रुपमा यो कम्पनी रहने छ भनी उपस्थित सबैलाई धन्यवाद व्यक्त गरेका छन्  ।
प्रतिक्रिया दिनुहोस्