Logo

नागरिक लगानी कोषको २४ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाण्डौं- नागरिक लगानी कोषको २४ हजार कित्ता संस्थापक शेयर चैत २४ गतेदेखि सर्वसाधारणमा जारी भएको छ ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर प्रतिकित्ता ७१० रूपैयाँ मूल्य तोकेर विक्रीमा आएको हो । यो शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

कम्पनीले आगामी चैत ३० गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ । यो शेयर खरीदका लागि आवेदन फारम पाईने र बुझाउने स्थान एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय बबरमहल, काठमाडौंसँगै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथली, काठमाडौं, शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत रहेको छ ।

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सोभन्दा माथी १०० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर खरीदकर्ताले कम्पनीद्वारा चैत २४ गतेपछि प्रस्ताव हुने हकप्रद शेयर, बोनस शेयर तथा लाभांश प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्