Logo

सेयर बजारका सबै सूचक ओर्लिए

काठमाडौँ — अघिल्लो कारोबार दिन हरियाली बनेको सेयर बजार बुधबार फेरि राताम्मे बनेको छ । परिसूचक नेप्सेसहित सबै उपसमूहका सूचक ओर्लिएका छन् । नेप्से १८.७५ अंक घटेर १९३० अंकमा कायम भएको छ । यसअघिको कारोबार दिन सोमबार परिसूचक २२.६ अंक बढेको थियो ।

बुधबार १ अर्ब ३० करोडको कारोबार भयो । यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा १ करोड बढी हो । कुल ३८ कम्पनीको मूल्य बढ्दा १६६ को घट्यो भने १० को स्थिर रहृयो । बैंकिङ ७, विकास बैंक ४५, फाइनान्स २३, होटल तथा पर्यटन ३५, जलविद्युत् २६, जीवन बीमा १२८, उत्पादन ८२, माइक्रोफाइनान्स ११, निर्जीवन बीमा ९४ र अन्य उपसमूह १४ अंक घटे ।

मायाखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत तथा सपोर्ट माइक्रोफाइनान्सको ६ प्रतिशत बढ्यो । बोटलर्स नेपाल तराईको मूल्य सबैभन्दा धेरै ७.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक, हिमालयन डिस्टिलरी, नबिल बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्