Logo

तरलता अवस्था सहज पार्न राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दै

काठमाण्डौं – नेपाल राष्ट्र बैंकले चैत्र २३ गते रु. २० अर्ब बराबरको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकले बजारमा लगानीयोग्य रकम (तरलता) व्यवस्थापन गर्न रिपो जारी गर्न लागेको हो ।

राष्ट्र बैंकले बुधबार जारी गरेको सूचना अनुसार आगामी बैशाख ७ गते परिपक्व हुने रु २० अर्ब बराबरको रिपो बोलकबोल माध्यमबाट बैंकिङ्ग प्रणालीमा प्रवाह गर्न लागेको छ । उक्त रिपो खरिदका लागि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरु सहभागि हुन पाउनेछन् । बैंकले यसअघि चैत २ गते १५ अर्ब रुपैयाँ तरलता बजारमा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्