Logo

१ डलरमा बिक्यो २ अर्ब डलरको कम्पनी

करोडपतिबाट रोडमा आईपुगे बिजनेसका बादशाह बीआर शेट्टी

युएई – बेस्ड भारतीय मूलका अरबपति बीआर शेट्टी (बावागुथु रघुराम शेट्टी) को फिनाब्लर पीएलसी(Finablr Plc) ले आफ्नो कारोबार इजरायल UAE कंजोर्टियम लाई मात्र १ डलरमा बेच्दै छ । बीआर शेट्टीको कारोबार गत वर्षदेखि नै डूब्न थालेको थियो । उनको कम्पनीमा अरबौं डलरको ऋणसँगै जालसाजीको समेत अनुसन्धान भइरहेको छ । गत डिसेम्बरमा उसको व्यवसायको बजार मूल्य बिलियन डलर थियो त्यसबेला उनीमाथि एक अर्ब डलरको कर्जा रहेको बताइएको थियो ।

फिनाब्लरमाथि १ बिलियन डलरको ऋण

गत वर्ष डिसेम्बरमा फिनाब्लरको बजार मूल्य २ बिलियन डलर थियो । यस बर्ष अप्रिलमा कम्पनीले दिएको जानकारी अनुसार हाल १ अर्ब डलर भन्दा बढीको ऋण छ । जानकारी अनुसार यो सम्झौता संयुक्त अरब इमिरेट्स र इजरायलका कम्पनीहरूबीचको महत्वपूर्ण व्यापारिक लेनदेन (significant commercial transactions) को बारेमा पनि छ किनभने यस वर्षको सुरूमा दुवै देशले सामान्यीकरण सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यस बेलादेखि, दुबै देशहरूको बैंकिङदेखि मोबाइल फोन सेवा सम्मका सम्झौतामा हस्ताक्षर रहेका छन् ।
Finablr Plc बाहेक, शेट्टीको अबुधाबी स्थित कम्पनी एनएमसी हेल्थको सेयरमा डिसेम्बर मा ७० प्रतिशत गिरावट आएको थियो । भारतीय मुलका अरबपति शेट्टीको कम्पनीहरूको बिरूद्धमा ठगी गरेको आरोप पनि लगाइएको छ । गत वर्ष, उनको कम्पनीको शेयर स्टक एक्सचेन्जमा कारोबार गर्न प्रतिबन्ध लगाइएको थियो । यसरी शेट्टीका कम्पनीहरूको विश्वसनीयता बजारबाट झरेको थियो । कुनै पनि कम्पनी उनको व्यवसायमा लगानी गर्न इच्छुक थिएनन् । यस्तो अवस्थामा दुई देश बीच बनेको कंजोर्टियमले हराएको कम्पनी लिने निर्णय गरेको छ ।

मात्र ८ डलर लिएर पुगेका थिए युएई

हेल्थ केयर इन्डस्ट्रीमा धेरै धन कमाउने ७७ वर्षिय शेट्टी पहिलो भारतीय हुन् । उनले १९७० मा एनएमसी हेल्थको शुरुवात गरेका थिए, जुन पछि २०१२ मा लन्डन स्टक एक्सचेन्जमा सूचीबद्ध हुनुअघि यो देशको पहिलो किसिमको कम्पनी भयो । भनिन्छ शेट्टी ७० को दशकमा केवल आठ डलर लिएर युएई पुगेका थिए र मेडिकल प्रतिनिधिको रूपमा आफ्नो करियर सुरु गरेका थिए ।

यसरी बन्यो व्यवसायको साम्राज्य

बीआर शेट्टी(बावागुथु रघुराम शेट्टी) ले १९८० मा युएई एक्सचेन्ज सुरू गरे, उनले इमिरेट्समा सब भन्दा पुरानो रेमिट्यान्स व्यवसाय यूएई एक्सचेन्जको शुरुवात गरे । यूएई एक्सचेन्ज, युकेको एक्सचेन्ज कम्पनी ट्राभलेक्स र साना साना भुक्तानी समाधान प्रदायकहरू र शेट्टीको फिनब्लरसँग मिलेर २०१८ मा सार्वजनिक भयो । स्वास्थ्य सेवा र वित्तीय सेवाको अतिरिक्त, शेट्टीले हस्पिटालिटि, खाना र पेय पदार्थ, औषधि निर्माण र रियल इस्टेटमा हात हालेका थिए ।

हालसालै व्यवसायी बीआर शेट्टीले अनुसन्धान एजेन्सीहरू समक्ष आफ्नो दुई प्रख्यात कम्पनीहरु र बैंकको अरबौं डलरको आर्थिक घोटाला सम्बन्धी छानबिन गर्न उजुरी दिएको खबर सार्वजनिक भएको छ । भारतका १०० सबैभन्दा धनी व्यक्तिहरूको  फोर्ब्सको सूचीमा समावेश थिए। हाल उनी युएइ र भारतका बैंकहरूको अरबौं डलरको ठगी गरेको मस्ट वान्टेड व्यक्तिको सूचिमा आएका व्यक्ति हुन् ।

              -एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्