Logo

“चौतारी इभेन्टस” को आयोजनामा यहि जुलाई १ बाट युरोपमा “धुर्मुस सुन्तली साँझ”

यहि जुलाई १ बाट “चौतारी इभेन्टस’ को आयोजनामा सन्चालन गरिने कार्यक्रम “धुर्मुस सुन्तली साँझ” मा भाग लिन चर्चित कलाकार सिताराम कट्टेल( धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) युरोपका बिभिन्न देशहरुमा जाने भएका छन् ।

आफ्नो लामो हास्यव्यङ्ग्य कलाकारिता यात्राको दौरानमा २०७२ सालको महाभुकम्प पश्चात बस्ती निर्माणसँगै विभिन्न सामाजिक काममा होमिएर निरन्तर समाज अनि राष्ट्रका निम्ति योगदान पुर्याउदै आएका नेपालका चर्चित हाँस्यव्यङ्ग्य कलाकार द्वय धुर्मुस सुन्तली पहिलोपटक आफ्नो कलाकारिता प्रदर्शन गर्नको निम्ति युरोप भ्रमणमा जाने भएका हुन् ।

 

यूरोपमा शानदार रुपले सन्चालन हुन लागेको कार्यक्रम “धुर्मुस सुन्तली साँझ” मा कलाकार धुर्मुस सुन्तली,गायक तुलसी शिवाकोटी लगायत अन्य चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । समग्रमा यूरोपमा आयोजना गर्न लागिएको यो कार्यक्रम सम्भवत युरोपकै पहिलो ऐतिहासिक कार्यक्रम हुनेछ।

 

उक्त कार्यक्रममा सहभागी भई सम्पूर्ण युरोप निवासी नेपाली दाजुभाई दिदीबहिनीहरु लगायत शुभचिन्तक एवं शुभेच्छुक ज्यूहरुमा कलाकारहरुलाई माया, सद्भाव अनि आशिर्वाद प्रदान गरि कार्यक्रम भव्य अनि सभ्य बनाउन “चौतारी इभेन्टस” का आयोजक मुरारी भण्डारी र बिष्णु अर्यालले आव्हान गरेका छन् ।

कार्यक्रमका आयोजक मुरारी भण्डारीले कलाकारहरुलाई आमन्त्रण गर्न एवं स्वागत गर्न आफू आतुर भएको बताउँदै सम्पूर्ण युरोपमा छरिएर रहनुभएका नेपाली आमाबुबा , दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रम “धुर्मुस सुन्तली साँझ” लाई सफल बनाउन सहयोग गरिदिन सम्पूर्ण युरोपवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्