Logo

सचिवालय बैठकमा प्रचण्डले राजीनामाको कुरा नउठाएपछि ओली र प्रचण्ड मिलेको संकेत

कारोबार आज,२०७७ साल साउन ३ गते,शनिवार,काठमाण्डौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागबाट पछि हटेका छन्। नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड दुवै सकारात्मक रूपमा प्रस्तुत भएका थिए।

सचिवालय बैठक लगत्तै ओली र प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका छन्। ‘सहमतिको आधारमा निकास दिउँ ‘ भनेर दुवै अध्यक्षले मिलेजस्तो गरेर आफूलाई प्रस्तुत गरेका छन् । तथापी ठोस निष्कर्ष भने निस्किसकेको छैन। छलफल जारी छ,’ एक सचिवालय सदस्यले भने, ‘हामी समग्रमा प्रस्ताव ल्याउँछौ भनेर दुई अध्यक्षले भन्नुभएको छ।’ यसअघि प्रधानमन्त्रीबाट राजीनामाको माग गर्दै आएका प्रचण्डले शनिबारको बैठकमा भने यसबारे कुरै उठाएका थिएनन्। उनले उक्त अडान छाडेको संकेत दिने गरी आफ्ना धारणा राखेका थिए। ‘प्रचण्डजीले सिधै त भन्नुभएको थिएन, तर मैले बुझ्दा उहाँहरूले प्रधानमन्त्रीको राजीनामाको कुरा छाडेजस्तो छ, नाम नखुलाउने शर्तमा ती नेताले भने ।

प्रतिक्रिया दिनुहोस्