Logo

सार्वभौम राष्ट्रको अस्तित्व नै नामेट हुने खतरा

दशक लामो जनयुद्धले राजसंस्थाको अन्त्य त गर्‍यो जनयुद्धको मर्म विपरीत संसदीय भासलाई स्वागत गर्दै त्यसैको एक दशकपछि मुलुकले विधिवत् कागजी रुपमा लिखितमा संसदीय व्यवस्था सहितको लोकतान्त्रिक गणतन्त्रको संस्थागत भयो। अनि आज मुलुकमा दुइ तिहाई सम्पन्न कम्युनिस्ट पार्टीको सरकार छ। संसदीय व्यवस्था खसीको टाउको राखेर कुकुरको मासु बेच्ने अखडाको नोट अफ डिसेन्ट लेख्दै महासचिव कमरेड नेत्रविक्रम चन्द विप्लवले छुट्टै नेकपाको नेतृत्व गरिरहेका छन् जसलाई दुई तिहाइ कम्युनिस्ट सरकारले नै प्रतिबन्ध र दमन गरिरहेको अवस्था यथावत् छ र त गोर्खा जेल ब्रेकर उमा भुजेल क. शिलु र जनयुद्धका रक्तिम गीत ,अङ्गभङ्ग घाइते योद्धा क. माहिला लामा लगायत गणतन्त्रका खातिर बलिभेदी चढेका जोधाहाहरु राणा श्री ३ र राजा श्री ५ ले बनाएका जीर्ण जेलका अँध्यारा खोरहरूमा अपराधी झैँ कैद हुनुहुन्छ ।जनताले दिएको विश्वासको दुइतिहाईले इतिहास माथि नै गद्दारी गर्दै आफ्नो औकात विश्व सामु जो देखाएको छ जुन छर्लङ्ग छ।                                                                                                  

                                                                    – लक्ष्मण चौलागाईं विद्रोही

वि.सं.२०५२ साल पहिला आजको जस्तो यति विघ्न राजनीति लागेको थाहै थिएन।०५२-०६२ को एक दशक मुलुक रणभूमिमा परिणत भयो ,हजारौँले आफ्नो अमूल्य चोला अनाहकमा गुमाए । कम्युनिस्टको क नजानेका र गणतन्त्रको ग नबुझेका नाबालकहरूले पनि युद्धमा जबरजस्त लादिनुपर्‍यो र त्यस्ता नाबालकहरूले पनि ज्यान गुमाए। यतिसम्म कि स्कुले विध्यार्थी गोर्खाका दिलबहादुर रम्तेल जो जनयुद्धको ज नबुझेका र युद्धमा बुवा अनि ममी नीरु दर्लामी कुँवर सहभागी भएकै वजह ५८ को जेठ ११ गते १० वर्षीय अवोध बालिका निरन्जना कुँवर आफ्ना बालसखाहरु सँग खेलिरहेको बेला तत्कालीन शाही सेनाहरुद्वारा अचानक निमोठिइन् र गोली पिएर मर्न विवश भइन् । त्यस्तै अवोध बालिका मैना सुनुवारले समेत क्रूर यातना सहन गर्दै धर्तीबाट बिदा भइन ,उनको अस्थिपञ्जर हालसम्म पनि टियु टिचिङ अस्पतालमा बाक्सामा कैद छ(जल्न पाएको छैन) ।

आज दिलबहादुरका तस्बिर महान् सहिदको रूपमा छापी राखिन्छ तर निरन्जना कुँवर बेखबर भइन्।यस्ता अनगिन्ती घाउ र चोट सहन गर्दै थिए नेपाली जनता र जनताका अवोध छोराछोरी भने केही मान्छेहरूलाई मात्रै थाहा थियो राज्यव्यवस्था परिवर्तन के का लागिका यावत् सवालहरू ।

दशक लामो दीर्घकालीन भनेको जनयुद्ध अन्ततः छिमेकी मुलुक भारतको राजधानी दिल्लीमा बार्हवुँदे समझदारीमा संसदीय भासको सलामी गर्दै अल्प कालमा नै टुङ्गियो र ६२/६३मा ७ दलको संयुक्त जन आन्दोलन बाट राजतन्त्रको अन्त्य भयो र राजा नारायणहिटी बाट नागार्जुन सरे ,२३७ वर्ष देखिको राजसंस्थाको नारायणहिटी संग्राहलयमा रूपान्तरण भयो।

दशक लामो जनयुद्धले राजसंस्थाको अन्त्य त गर्‍यो जनयुद्धको मर्म विपरीत संसदीय भासलाई स्वागत गर्दै त्यसैको एक दशकपछि मुलुकले विधिवत् कागजी रुपमा लिखितमा संसदीय व्यवस्था सहितको लोकतान्त्रिक गणतन्त्रको संस्थागत भयो। अनि आज मुलुकमा दुइ तिहाई सम्पन्न कम्युनिस्ट पार्टीको सरकार छ। संसदीय व्यवस्था खसीको टाउको राखेर कुकुरको मासु बेच्ने अखडाको नोट अफ डिसेन्ट लेख्दै महासचिव कमरेड नेत्रविक्रम चन्द विप्लवले छुट्टै नेकपाको नेतृत्व गरिरहेका छन् जसलाई दुई तिहाइ कम्युनिस्ट सरकारले नै प्रतिबन्ध र दमन गरिरहेको अवस्था यथावत् छ र त गोर्खा जेल ब्रेकर उमा भुजेल क. शिलु र जनयुद्धका रक्तिम गीत ,अङ्गभङ्ग घाइते योद्धा क. माहिला लामा लगायत गणतन्त्रका खातिर बलिभेदी चढेका जोधाहाहरु राणा श्री ३ र राजा श्री ५ ले बनाएका जीर्ण जेलका अँध्यारा खोरहरूमा अपराधी झैँ कैद हुनुहुन्छ ।जनताले दिएको विश्वासको दुइतिहाईले इतिहास माथि नै गद्दारी गर्दै आफ्नो औकात विश्व सामु जो देखाएको छ जुन छर्लङ्ग छ।

हाम्रो मुलुक सार्वभौम सम्पन्न राष्ट्र भएकाले आकारमा विश्वका ठुला देशहरू मध्ये सानै भएतापनी शक्तिको हिसाबले संसारका शक्तिशाली देशहरू समान छ। जसको कारण वीर पुर्खाहरूको इतिहासको विजयको कारण नै हो। प्राकृतिक श्रोत,साधनले विश्व सम्पन्न हाम्रो देश विश्वभरिका २१० राष्ट्रहरूभन्दा पनि अधिक धनी छ। कारण हामीसँग विश्वको सर्वोच्च शिखर सगरमाथा छ । जसको उचाइ घटाउन विश्व साम्राज्यवादको ताकतले भ्याउँदैन ,जसको हिउँ पगाल्न कुनै विस्तारवादी दलालको देशले सक्दैन ।

जलशक्तिको हिसाबले विश्व सम्पन्न हाम्रो देशको जल सम्पदा सुकाउन विश्वभरिका शक्तिशाली देशहरू लागेर पनि किमार्थ सक्दैन ।
बुद्ध ,सीता(जानकी) को जन्मभूमि ,धार्मिक,सांस्कृतिक ,प्राकृतिक र पुरातात्त्विक सम्पदाहरूले सम्पन्न हाम्रो देशलाई खरिद गर्न संसारभरका २१० राष्ट्रहरूको मूल्यले नपुग्ने विश्व सम्पन्न देशका नागरिकहरू हामी विश्वकै गरिब बन्न विवश भएका छौँ। यति सम्पन्न देशका गरिब नागरिकका ७० लाख अमूल्य युवा उर्जाहरु खाडी लगायतका विश्वका कुना काप्चा,कन्दराहरूमा सस्तोमा श्रम बेच्न विवश छन्। प्रकृतिले नै एसी आवश्यक नपर्ने शीतलता दिएको मुलुकका युवाहरू खाडीको ५५ डिग्री सेल्सियसको तातो घाममा रगत बफाउँदै मुलुकलाई खरबौँको रेमिटेन्स पठाइरहेका छन् र पनि नेपालको सरकार विदेशी भिग माग्न छोड्दैन।

यतिसम्म कि गर्भमा आएको भ्रूण नै ३८० अमेरिकी डलरको ऋणी छ।उता दुइ तिहाई सम्पन्न शक्तिशाली सरकार झुठा आश्वासन र फोस्रा अभिव्यक्ति दिँदै नक्कली समृद्धिको दुष्प्रचार गर्न लाज मान्दैन। राजनीतिलाई पेशा र राज्य व्यवस्थालाई पेवा बनाइरहने रवैयाका सेवा सुविधा भोगी लोभ,मोह र स्वार्थका कारण प्राकृतिक श्रोत साधनले विश्व सम्पन्न देश नेपाल गरिब र जनता कङ्गाल बन्न पुगेको हो।

यो सेवा भोगी र सुविधा भोगी विरासतकै कारण नेपाल सेटिङ्मा चलेको छ सिस्टममा चलेको छैन। यसको अन्त्यका लागि नेपालको सरकार श्रमदानमुखी भोलुन्टर बनिनुपर्छ।अनि सेवा भोगी विरासतको अन्त्य भै सेवा प्रदायक सिस्टम जन्मनेछ। महँगो बजार भाउ आधा घट्नेछ,मुलुकले थामिनसक्नु वैदेशिक ऋणबाट मुक्ति पाउनेछ। भ्रष्ट र दलालहरू राजनीतिमा देखा पर्ने छैनन्। देशभक्तहरूको राज्य चल्नेछ।जनता व्यवस्थाको मालिक र सत्ता जनताको सेवक बन्नेछ। यही सेवा भोगी ब्रम्हलूट्को दलाल सत्ता चलिरहयो भने जनता दास र शासक मालिक बन्ने मात्रै छैन कालान्तरमा प्राकृतिक श्रोत साधनले विश्व सम्पन्न राष्ट्र नेपाल र यसको सगरमाथा नै लिलाम हुनेछ।

आज देशमा जुँगाको लडाई गर्दै सत्ताधारी दलकै कार्यकर्ताहरू व्यक्तिवादको रोइलो गर्दै लम्कीमा जुधेका लज्जास्पद खबरहरू सुन्नमा आइरहेका छन् ।सम्भावनाका खेलहरू दुर्गन्धित बन्दैछन। वैदेशिक अनुदानको लोभर मोहमा परेर भ्रष्ट र दलालहरू देशै गायव गराउन साम्राज्यवादका एमसिसी जस्ता आत्मघाती सम्झौता गर्न दमन गर्दै लागिपरेका उदाहरणहरूले आफैँ बोल्छन् । यी दुस्साहसहरूले कालान्तरमा राष्ट्र र राष्ट्रियताको अस्तित्व नै नामेट पार्नेमा आशंका नगरिरहन पर्दैन। यसैले जनतामा जागरण आवश्यक भइसक्यो। विश्वव्यापी कोरोना महामारी त साधारण समस्या हो तर त्यहाँभन्दा पनि खतरा यही दलाल संसदीय चक्रव्यूह हो। यिनै भ्रष्ट र सेवा भोगी संसदीय व्यवस्थाका बाहक दलालहरू हुन् ।अब २ करोड ९० लाख जनताले राष्ट्रघाती दलालविरुद्ध ऐक्यबद्धता जनाएनन् भने दलालले १० लाख आफ्ना आसेपासेलाई ललिपप खुवाउँदै २ करोड ९० लाख जनतालाई दमन गर्दै अधिनायकवाद लाद्दै हामी र हाम्रो अस्मिता खरानी बनाउनेमा आशंका नगरिरहन पर्दैन । इतिहासमा देश बनाउनेहरू जन्मिए बर्तमानमा जनतालाई गुमराहमा पार्दै देशको अस्तित्व मेट्नेहरूको हातमा जनताले राष्ट्रको चाबी दिनाले गर्दा हाम्रो सार्वभौमता नै खतरामा परेको सवाललाई २ करोड नब्बे लाख जनताले बेलैमा नसोचे हाम्रा आगामी पुस्ताले नेपाल र नेपाली भएर बाँच्न पाउने छैनन् ।

प्रकाशित मिति: २०७७ साल असार २४ गते बुधवार

प्रतिक्रिया दिनुहोस्