Logo

चौबिसै घण्टा मर्मत सम्भारको सेवा अब तपाईँ हाम्रै घर आँगनमा

स्तावेज,श्रावण १० गते शुक्रबार, २०७६ काठमाण्डौ –  घर होस या अफिस कुनै पनि बेला इलेक्ट्रिक, प्लम्बिङ्ग, कार्पेन्टर, एसी, फ्रिज लगायत कुनै पनि चिजमा समस्या आइपर्न सक्छ । त्यस्तो अवस्थामा भनेकै समयमा प्राविधिक पाउन सकिन्न, सम्पर्कमा भएका प्राविधिक पनि पूर्ण दक्ष नहुन सक्छन्। जसले गर्दा घरायसी वा अफिसको काम नै ठप्प हुनसक्छ। यस्ता समस्याहरू को समाधान गर्ने उद्धेश्यले हाल काठमाण्डौंमा “हेरचाह डटकम” नामक कम्पनी एक वर्षदेखि सञ्चालनमा छ।

पाँच करोड रुपैयाँ चुक्ता पुँजीको बलियो आधार तयार पारेर सञ्चालनमा ल्याइएको यस कम्पनीको सञ्चालन समितिमा रमेश कुमार भट्टराई, (सीइओ महालक्ष्मी लाइफ इन्स्योरेन्स) श्रीचन्द्र भट्ट, (सीइओ आइएमई लाइफ इन्स्योरेन्स) कमल पन्थी, सुरेश सापकोटा र बिनय उपाध्याय छन् ।

हेरचाह मुख्यत: मर्मत सम्भार सेवा प्रदान गर्ने (रिपेयर एण्ड मेण्टेनेन्स सोलुशन) कम्पनी हो। ग्राहकले यस कम्पनीसँग सम्बन्धित सेवा अनलाइन प्लेटफर्म बाट अर्डर गर्न सक्ने प्रविधिमा आधारित भएर कम गर्न सञ्चालनमा आउनुअघि यस कम्पनीले सुरुवाती तिन महिना बजार अध्ययनमा बिताएको थियो।

बजार राम्ररी बुझेपछि २०७५ साउन बाट खास गरी इलेक्ट्रिक, प्लम्बिङ्ग र कार्पेण्ट्रि काम लाई मुख सेवा आधार बनाएर काम थालेको छ । एघार महिना अघि तीन जना प्राविधिक बाट काम सुरु गरेको यस कम्पनी ले अहिले मासिक तलब बुझेर फ़ुलटाइम काम गर्ने प्राविधिक टिम नै १५ जना पुगिसकेको कम्पनी का म्यानेजर उत्सव भट्टराई ले जानकारी दिएका छ। व्यवस्थापनमा स्नातक गरेका भट्टराई सँग विशाल ग्रुपमा २० वर्ष मार्केटिङ विभाग मा बसेर काम गरेको अनुभव छ भने उनी सँग विदेशमा समेत काम गरेको अनुभव छ।

[email protected]

प्रतिक्रिया दिनुहोस्