Logo

कविता – असीम प्रसन्नता

                            -गंगा लिगल

ज्ञानको चेतना हो नामी

सृजन देखी अन्त्यको

 अन्धकार बिसे हामी
आशा राख्छौ प्रकाश पुञ्जको ।

उद्घानको नव पुष्पमा
तत्व ज्ञान सब मिल्दछ
फुल्दो गुलाफ बिचमा
असीम प्रसन्नता खुल्दछ ।

फक्रेको फुल यौवनमा
स्वर्गानन्द मिल्दछ
सौन्दर्यको पराकाष्ठामा
विश्व नै चकित पर्दछ ।

रसास्वादन गर्छ मौरी
मानिसलाई चखाउँछ
जिउनुपर्छ हामी सरि
त्याग को आदर्श दर्शाउछ ।

अमूल्य गुण र ज्ञान
अनि चेतना जगाउन ।
पछि हट्न हुँदैन है
अमर गाथा बनाउन ।

– प्रकाशित मिति २०७६ साल श्रावण १० गते शुक्रबार 

   [email protected]

 

प्रतिक्रिया दिनुहोस्