Logo

बालकृष्ण ढुंगेलसहित ८ सय कैदीहरुमाथि कैद माफीको प्रस्ताव

स्तावेज, जेष्ठ १४ गते सोमवार ,२०७५, काठमाण्डौं – सरकारले कारागारमा रहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलसहितका ८ सयभन्दा धेरै कैदीको कैद माफीको प्रस्ताव राष्ट्रपति कार्यालयमा पठाएको छ। आइतबारको मन्त्रिपरिषद्को बैठकले ढुंगेल सहितका कैदीहरुलाई बाँकी कैद माफी दिने निर्णय गरी स्वीकृतका लागि राष्ट्रपति कार्यालयमा पठाएको हो। 

गणतन्त्र दिवसका अवसरमा मंगलबार सरकारले ढुंगेलसहितका कैदीहरुलाई कैद माफी दिन लागेको छ। राष्ट्रपति विध्यादेवी भण्डारीका स्वकीय सचिव शिव भट्टराईले कैदी माफी सम्बन्धी प्रस्ताव राष्ट्रपति कार्यालय आइपुगेको र त्यसमा छलफल भइरहेको बताए।

डिल्लीबजार कारागारमा रहेका ढुंगेल विरुद्ध भने सर्वाेच्चमा रिट परेका छ। जसका कारण ढुंगेलको हकमा के गर्ने भन्ने विषयमा राष्ट्रपति भण्डारीले परामर्श लिइरहेको स्रोत बताउँछ। सरकारको सिफारिस राष्ट्रपतिले स्वीकृत गरेपछि मात्र त्यो लागू हुन्छ। परामर्शपछि आजै यस विषयमा निर्णयको तयारी भइरहेको छ। 

कर्तव्य ज्यान जस्तो गम्भीर किसिमको अपराधमा संलग्न व्यक्तिलाई कैद माफी दिन लागिएको भन्दै विरोध भइरहेको छ। यद्यपि कारागार नियमावली अनुसार भने कर्तव्य ज्यान मुद्दामा ४० प्रतिशत कैद भुक्तान भएपछि कैदीको चालचलन असल भएमा बाँकी कैद माफी दिन सकिने प्रावधान छ। नेता ढुंगेल द्दन्दकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा दोषी ठहर भई जेल सजाय भुक्तान गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्