Logo

रूसी राष्ट्रपति पुटिन विरुद्द प्रदर्शन, प्रतिपक्षी नेता नाभाल्नीसहित ३५० पक्राउ

स्तावेज , बैशाख २३ गते आइतवार २०७५, मस्को – रूसको राजधानी मस्कोको मध्यभागमा राष्ट्रपति भ्लादिमिर पुटिनले चौथो कार्यकाल सम्हाल्न केही दिन बाँकी रहँदा उनको विरूद्धमा प्रर्दशन भएकाे छ । पुटिनलार्इ ‘नयाँ जार’ (तानाशाही शासक) भएकाे अाराेप लगाउँदै  निकालिएको उक्त जुलुसमा सहभागी भएको आरोपमा रूसी प्रतिपक्षी नेता अलेक्सी नाभाल्नी, निकोलाई ल्यासकिनसहित कम्तिमा ३५० जना प्रदर्शनकारीलाई शनिबार पक्राउ गरिएको छ ।

रूसी राष्ट्रपतिले आगामी सोमबार चौँथो कार्यकालका लागि शपथ खाने कार्यक्रम रहेको छ । राष्ट्रपति पुटिनको विरुद्ध ४१–बर्षीय नेता नाभाल्नीसहित ठूलो मास मध्य मस्कोमा प्रदर्शन गर्दै पुटिनविरुद्ध उत्तेजित नारा लगाएका प्राप्त सूचनामा जनाइएको छ ।उनीहरूले नेता नाभाल्नीसहित अन्य सहभागीलाई पक्राउ गरेपछि सन् २०१४ मा क्रेमलिन समर्थक युक्रेनी शासकलाई पदच्युत गर्न प्रभावकारी मानिएका नारा लगाएकाे बताइएको छ ।

जुलुस शुरू हुनुपूर्व नै प्रहरीले सहभागीलाई तितरवितर पार्न हतियार चलाउनसक्ने चेतावनी दिएको थियाे । प्रदर्शनकारीले ‘चौँथो कार्यकाल जनता जेलमा; धिक्कार छ’ भन्ने भावका नारा लगाउँदै जुलुसमा उल्लेख्य सहभागिता जनाएकाे समाचार एजेन्सीले बताएका छन् । रूसको दोस्रो ठूलो शहर सेन्ट पिटर्सवर्गमा पनि हजारौँको सङ्ख्यामा निस्केका जुलुसमा ‘जारको पतनसँगै रूस स्वतन्त्र हुनेछ ।’ रूसमा पुटिनका विरोधीहरूले उनलाई ‘नवजार’ को रूपमा लिने गर्छन् ।

केहीले अर्को छ वर्ष रूसको दुर्दशा र इन्टरनेटका स्वतन्त्रताका लागि सङ्घर्ष भन्ने नारा बोकेर जुलुसमा सहभागिता जनाएका थिए ।यसैबीच, पुटिनको समर्थनमा पनि रुसमा र्‍याली निकालिएको छ । नेशनल लिबरेशन मुभमेन्टले पुटिनको समर्थनमा त्यही ठाउँमा र्‍याली निकाल्यो जहाँ विरोधीहरुले र्‍याली निकाल्न अनुमति मागेका थिए । 

एजेन्सी

प्रतिक्रिया दिनुहोस्