Logo

प्रहरीद्दारा सीके राउतलाई जनकपुरस्थित डेरामा नै घेराउ

स्तावेज, माघ ५ गते शुक्रवार,जनकपुरधाम प्रहरीले सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका सिरहा जिल्ला संयोजक बालेश्वर यादवलाई पक्राउ गरेको छ । बलिदानी दिवसको अवसर पारेर मधेस आन्दोलनका शहीद रमेश महतोको शालिक  अगाडि रक्तदान कार्यक्रम आयोजना गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले टेन्ट र कुर्सी उठाएर गठबन्धनको रक्तदान पनि बिथोलेको छ । सोही ठाउँमा अहिले रेडक्रसको आयोजनामा रक्तदान कार्यक्रम भइरहेको छ ।

मधेशी जनअधिकार फोरमको नेतृत्वमा भएको मधेश आन्दोलनका क्रममा ०६३ साल माघ ५ गते सिराहाको लहानमा प्रहरी कारबाहीमा परी रमेश महतोको मृत्यु भएको थियो । सोही दिनको सम्झनामा मधेशकेन्द्रित दलहरुले बलिदानी दिवस मनाउने गरेका छन् ।बलिदानी दिवसकै अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनसक्ने आशंकामा प्रहरीले राउतलाई जनकपुरस्थित डेरामा नै घेराउ गरेर राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्