Logo

नेपाली साहित्यको अन्तराष्ट्रियकरणमा धराबासीको सशक्त उपस्थिति

“पछिल्लो तीन हप्तादेखि उनी सामाजिक सञ्जाल र अनलाइनहरूबाट विशेष चर्चामा आएको कारण भने अलिक भिन्दै छ । उनको २०६२ सालमा प्रकाशित र त्यसै सालको मदन पुरस्कारबाट सम्मानित उपन्यास ‘राधा’ अमेरिकाको इण्यिानास्थित एक्सलिब्रिस प्रकाशनले छापेर ‘अमेजन डट कम’ र ‘बान्स एण्ड नोवल’बाट विश्व भरि पुर्‍याएको छ । अमेजन संसार कै ठुलो अनलाइन बिक्रेता कम्पनी हो भने बार्न्स एण्ड नोबेल पुस्तक बिक्री गर्ने ख्याति प्राप्त कम्पनी हो ।’अमेजन’ र ‘बार्न्स एण्ड नोबेल’ मा उपलब्ध राधाको अंग्रेजी संस्करण महेश पौडेल र संञ्जीव उप्रेतीको सहयोगमा सम्भव भएको हो । महेश पौडेलले अनुवाद गर्नु भएको हो भने संञ्जीव उप्रेतीले पनि भाषामा सहयोग गर्नुभएको धराबासीले बताएका छन् । पौडेल र उप्रेती दुवै साहित्यकार र अंग्रेजी विषयमा दख्खल राख्ने प्राध्यापकहरू हुन् । उप्रेती चर्चित उपन्यास घनचक्करका लेखक समेत हुन् । ईबुक र पेपर बुक दुवै फममा आएको यो कृतिले दुई हप्तामै एकदम नै राम्रो बजार पाइरहेको छ । “

                               – दीपशिखा शर्मा

नेपाली साहित्यको स्तरका बारेमा प्रायः सधैँ चर्चा चलिरहेको सुनिन्छ । कसैले यो अन्तर्राष्ट्रिय स्तरका अन्य भाषाहरूको भन्दापनि राम्रो अवस्थामा पुगेको छ भनेर भन्छन् र कसैले अझै पनि विदेशी पाठक सामु पुर्‍याउने स्तरको बनिसकेको छैन पनि भनिरहेको सुनिन्छ । तैपनि लेख्ने काममा नयाँ पुराना लेखकहरू अनवरत लेखिरहेका देखिन्छन् । प्रत्येक दिन नेपाली साहित्य बजारमा कुनै न कुनै किताबको बिमोचन भइरहेको हुन्छ । पुस्तकको व्यापारमा पनि अरबौंको आर्थिक परिचालन भइरहेकै पाईन्छ । फेरि पनि लेखक तथा प्रकाशकहरू नै किन आफ्नै काम प्रति सन्तुष्ट छैनन् ? वास्तव मै नेपाली साहित्यको अवस्था कस्तो हो त भन्ने बारे नाप्ने जाँच्ने काम पनि भएका छन् कि समालोचकहरुको एकतर्फी रटानमात्र होला त ? के नेपाली साहित्यका उत्कृष्ट मानिएका वा लोकप्रिय पुस्तकहरू स्तरीय अनुवाद भएर विदेशी पाठकहरूको हातमा पनि पुगेका छन् त  ? छन् भने तिनको सूचि कत्रो होला ?

प्रसंग साहित्यिक गतिविधि कै हो । नेपालमा जन्मेर हाल अमेरिकालाई कर्मथलो बनाएका साहित्यकार कृष्ण धराबासीका हालसालै दुइटा भिडियोहरू भाइरल भइरहेका छन् जसमा एउटामा नेपाली साहित्यलाई व्यवस्थित र स्तरीय बनाउन सरकारको के भूमिका रहनुपर्छ भन्ने छ र अर्कोमा नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण किन र कसरी गर्नुपर्छ भन्नेमा केन्द्रित छन् । दुवै भिडियोले विश्व साहित्य जगतमा वास्तवमै एउटा नयाँ तरंग ल्याएको अनुभव गर्न थालिएको छ ।

 हाल अमेरिकाको भर्जिनिया राज्यमा बसेर पूर्ण कालीन साहित्यिक लेखनमा व्यस्त रहेका साहित्यकार धराबासीले हरेक वर्ष नेपाल आएर नयाँ किताब प्रकाशन गरिरहेका छन् । २०७० सालदेखि अमेरिका बसाइकै क्रममा उनको छ वटा पुस्तकहरू प्रकाशन भईसकेका छन् । हामीसँगको टेलिफोन सम्पर्कमा उनले अब कुनै दर्शनको किताब माथि काम गरिरहेको कुरा बताए । २०३२ सालमा पहिलोपल्ट झापाको कुनै साप्ताहिकमा कविता छपाएर साहित्य क्षेत्रमा प्रवेश गरेका उनी बयालिस वर्षदेखि निरन्तर नेपाली साहित्य साधनामा लागिरहेका छन् । प्राविधिक कारणले केही समयका लागि विदेश जानु परेको बताउने उनी अब चाँडै नै नेपाल आउने तयारीमा रहेको बुझिएको छ ।

“नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न नसकिएका गुनासाहरू भइरहेको सन्दर्भमा धराबासीको यो कृतिले पुस्तक बजारमा पाएको चर्चा र सफलता नेपाली साहित्य क्षेत्रको लागि उल्लेखनीय मान्नुपर्छ । नेपाली साहित्यलाई देवनागरी लिपिमा मात्र खुम्च्याएर स्तर छैन भनेर बस्नु अब ठिक होइन भन्ने यो एउटा उदाहरण बन्न पुगेको छ । विश्व भरि छरिएका नेपाली र तिनका नयाँ पुस्ताको नेपाली साहित्यतिरको आकर्षणले वास्तवमा अब नेपाली साहित्यका लागि बाहिरको बजार फराकिलो बन्दै गएको कुरा बुझाउँछ । नेपालीमुलकै पाठकहरूको माध्यमबाट गैर नेपाली पाठकहरूको आकर्षण पनि लगातार बढिरहेको छ । “

 बालक हराएको सूचना, नारी भित्र त्यस्तो के छ हजुर, लीलालेखन, शरणार्थी, आधाबाटो, झोला, राधा, टुँडाल, आमा, आँधी नआउने घर, पाण्डुलिपि, ग्रेट फल्स, तल्लो बाटो, गेस्टापो जस्ता बहुचर्चित अट्ठाइस वटा विभिन्न विधाका पुस्तक प्रकाशित गरिसकेका उनले मदन पुरस्कार लगायत दुई दर्जन भन्दा बढी पुरस्कार तथा सयभन्दा बढी संघसंस्थाहरुबाट सम्मान पाइसकेका छन् । भारत तथा नेपालका विश्वविध्यालयहरूबाट उनका कृतिहरू माथि सय भन्दा बढी स्नातकोत्तर तहका थेसिसहरु समेत भइसकेका छन् ।

 उनको अत्यधिक लोकप्रिय कथा ‘झोला’ माथि बनेको फिल्म ‘ओस्कार’ प्रतिस्पर्धामा समेत भाग लिन पुगेको थियो । उनले फोनमा उनकै कथामा दहेज प्रथाका कारण मधेसमा हुने महिला हिंसामा आधारित ‘भोर’ नामको फिल्म बनिसकेको जानकारी दिए । इन्द्रबहादुर राईले प्रतिपादन गरेको साहित्यिक सिद्धान्त ‘लीला लेखन’लाई प्राविधिक रूपमा नेपाली साहित्य संसारमा उभ्याउन उनले गरेको प्रयत्न सर्बस्वीकार्य मानिन्छ । पछिल्लोपल्ट अमेरिकामा बसेर अमेरिकी नेपाली जीवनको संघर्ष र प्राप्तिमाथि लेखिएको उनको उपन्यासलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले उत्कृष्ठ कृति पुरस्कारबाट सम्मान गरेको छ । यसले धराबासी जहाँ रहेर पनि नेपाली भाषा र साहित्यका क्षेत्रमा अनवरत लागिरहने एक स्रष्टाका रूपमा देखिन्छन् ।

 पछिल्लो तीन हप्तादेखि उनी सामाजिक सञ्जाल र अनलाइनहरूबाट विशेष चर्चामा आएको कारण भने अलिक भिन्दै छ । उनको २०६२ सालमा प्रकाशित र त्यसै सालको मदन पुरस्कारबाट सम्मानित उपन्यास ‘राधा’ अमेरिकाको इण्यिानास्थित एक्सलिब्रिस प्रकाशनले छापेर ‘अमेजन डट कम’ र ‘बान्स एण्ड नोवल’बाट विश्व भरि पुर्‍याएको छ । अमेजन संसार कै ठुलो अनलाइन बिक्रेता कम्पनी हो भने बार्न्स एण्ड नोबेल पुस्तक बिक्री गर्ने ख्याति प्राप्त कम्पनी हो ।’अमेजन’ र ‘बार्न्स एण्ड नोबेल’ मा उपलब्ध राधाको अंग्रेजी संस्करण महेश पौडेल र संञ्जीव उप्रेतीको सहयोगमा सम्भव भएको हो । महेश पौडेलले अनुवाद गर्नु भएको हो भने संञ्जीव उप्रेतीले पनि भाषामा सहयोग गर्नुभएको धराबासीले बताएका छन् । पौडेल र उप्रेती दुवै साहित्यकार र अंग्रेजी विषयमा दख्खल राख्ने प्राध्यापकहरू हुन् । उप्रेती चर्चित उपन्यास घनचक्करका लेखक समेत हुन् । ईबुक र पेपर बुक दुवै फममा आएको यो कृतिले दुई हप्तामै एकदम नै राम्रो बजार पाइरहेको छ ।

 टेलिफोन कुराकानीमा साहित्यकार धराबासीले भने, “त्यसमाथी यी दुई साहित्यिक हस्तीहरूको मेहेनतले यो अन्तर्राष्ट्रिय स्तरको भएको छ ।”राधा नेपाली पाठकहरूले धेरै मन पराएको उपन्यास हो । ६२ सालदेखि आजसम्म दर्जनौं पटक यसको पुन:प्रकाशन भएको छ । संस्कृत साहित्यको महाभारत कथाकी एक पात्र ‘राधा’को जीवनमा यो कृति आधारित छ । उपन्यासमा राधाको जीवनको तीन मुख्य पक्ष प्रेम, युद्ध र सन्यासलाई विषयवस्तु बनाएर उत्तर आधुनिक लेखन शैलीमा पाठक समक्ष प्रस्तुत गरिएको छ । राधाको आँखाले कृष्णलाई हेरिएको छ । लेखक धराबासीले भने, कृष्णलाई सबैले देवताका रूपमा मात्र हेर्छन् । यो उपन्यासमा कृष्णको जीवनबाट देवत्व झिकिएको छ ।

“उनको अत्यधिक लोकप्रिय कथा ‘झोला’ माथि बनेको फिल्म ‘ओस्कार’ प्रतिस्पर्धामा समेत भाग लिन पुगेको थियो । उनले फोनमा उनकै कथामा दहेज प्रथाका कारण मधेसमा हुने महिला हिंसामा आधारित ‘भोर’ नामको फिल्म बनिसकेको जानकारी दिए । इन्द्रबहादुर राईले प्रतिपादन गरेको साहित्यिक सिद्धान्त ‘लीला लेखन’लाई प्राविधिक रूपमा नेपाली साहित्य संसारमा उभ्याउन उनले गरेको प्रयत्न सर्बस्वीकार्य मानिन्छ । पछिल्लोपल्ट अमेरिकामा बसेर अमेरिकी नेपाली जीवनको संघर्ष र प्राप्तिमाथि लेखिएको उनको उपन्यासलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले उत्कृष्ठ कृति पुरस्कारबाट सम्मान गरेको छ । यसले धराबासी जहाँ रहेर पनि नेपाली भाषा र साहित्यका क्षेत्रमा अनवरत लागिरहने एक स्रष्टाका रूपमा देखिन्छन् ।”

 पूर्वीय दर्शनमा प्रेम दैहिक थिएन, भावनात्मक थियो । यही विषयलाई वर्तमानको नारीवादी चेतनाका दृष्टिकोणबाट हेरिएको छ । पश्चिमा पाठकका लागी यो कौतुहलताको विषय हो, उनीहरूले रुचिपूर्वक पढ्ने छन् । उपन्यासकार धराबासीले विश्वास व्यक्त गरे । विषयवस्तु र लेखन शैलीका कारण धराबासीको यो पुस्तकले अन्तर्राष्ट्रिय बजारमा बलियो उपस्थिति देखाउने सम्भावना छ ।

 नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न नसकिएका गुनासाहरू भइरहेको सन्दर्भमा धराबासीको यो कृतिले पुस्तक बजारमा पाएको चर्चा र सफलता नेपाली साहित्य क्षेत्रको लागि उल्लेखनीय मान्नुपर्छ । नेपाली साहित्यलाई देवनागरी लिपिमा मात्र खुम्च्याएर स्तर छैन भनेर बस्नु अब ठिक होइन भन्ने यो एउटा उदाहरण बन्न पुगेको छ । विश्व भरि छरिएका नेपाली र तिनका नयाँ पुस्ताको नेपाली साहित्यतिरको आकर्षणले वास्तवमा अब नेपाली साहित्यका लागि बाहिरको बजार फराकिलो बन्दै गएको कुरा बुझाउँछ । नेपालीमुलकै पाठकहरूको माध्यमबाट गैर नेपाली पाठकहरूको आकर्षण पनि लगातार बढिरहेको छ ।

    [email protected]

प्रकाशित मिति, २०७४ साल, पौष २१ गते, शुक्रवार  

प्रतिक्रिया दिनुहोस्