Logo

समानुपातिकमा विवाद : दलहरुले ३३ प्रतिशत महिला संख्या नपुर्याएको आयोगको आरोप

स्तावेज, पौष १६ गते,आइतवार,२०७४, काठमाडौँ- राजनीतिक दलहरूले प्रदेशसभा समानुपातिकतर्फ सांसद हुने व्यक्तिहरूको नाम क्रम संख्या मिचेर निर्वाचन आयोगमा बुझाएको पाइएको छ । शुक्रवार आयोगमा बुझाइएको प्रदेश समानुपातिक सांसदहरुको सूचीको बारेमा छानविन गर्ने क्रममा सिट संख्या आधारमा दलहरूले बन्द सूचीभित्रबाट अन्तिम नाम छान्दा क्रम मिचेको पाइएको हो ।

सबै वर्ग, भाषा र जातजातिको प्रतिनिधित्वका लागि समानुपातिक निर्वाचन प्रणालीको अवधारणा ल्याइएपनि त्यस अनुसार दलहरुले नाम नपठाएको पाइएको छ । आफन्त, नातागोता र नजिकका व्यक्तिलाई प्राथमिकता दिँदा ठूला दललेसमेत क्रम संख्या मिचेर नाम सिफारिस गरेको पाइएको छ । दलहरूले निर्वाचन हुनुअघि नै आयोगमा बन्दसूची बुझाएका थिए । निर्वाचनमा पाएको मतका आधारमा आयोगले सिट संख्या बाँडफाँट गरेपछि दलहरूले त्यही बन्द सूचीभित्रबाट नियमानुसार नाम छानेर आयोगमा सिफारिस गर्नुपर्छ ।

प्रदेशसभा समानुपातिक निर्वाचनमा भाग लिन पाएका १३ राजनीतिक दलले पठाएको नामावलीमा प्रारम्भिक छानबिन गर्दा महिलाको ठाउँमा पुरुष राखिएको र ऐनले व्यवस्था गरेको क्लस्टर अनुसार नभएको भेटिएको आयोगले जनाएको छ । आयोगले नामावलीको छानविन गरेर तीन दिन आयोगले पुनः नाम सच्याउन मौका दिने र त्यसपछि मात्र नाम सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्