Logo

न्युयोर्कमा बम विस्फोट, चार घाइते, शंकास्पद आक्रमणकारी गिरफ्तार

स्तावेज, मंसिर २५ गते सोमवार, २०७४-न्युयोर्कस्थित अमेरिकाकै सबैभन्दा ठूलो र व्यस्त बस टर्मिनलमा विस्फोट भएको छ। सो विस्फोटलाई आतंकवादी आक्रमण भएको अधिकारीहरुले बताएका छन्।

 सोमबार बिहानै टाइम्स स्क्वायर र पोर्ट अथोरिटीको बीचमा एक कच्चा प्रविधियुक्त बम विस्फोट भएको थियो। विस्फोटमा चार जना घाइते भएका छन् भने एक शंकास्पद आक्रमणकारीलाई गिरफ्तार गरिएको छ। गिरफ्तार व्यक्ति पनि घाइते भएको जनाइएको छ।

टाइम्स स्क्वाएर नजिकै पोर्ट अथोरिटी बस टर्मिनल मुनि रहेको भूमिगत मार्गमा स्थानीय समय अनुसार सोमबार विहान सो घटना भएको बताइएको छ। प्रहरीले घटनामा संदीग्ध व्यक्ति बाहेक अरुलाई चोट नलागेको बताएको छ।

ह्वाईट हाउसकी प्रेस सेक्रेटरी सेरा हकबी स्यान्डर्सले उक्त घटनाका बारे राष्ट्रपति डोनल्ड ट्रम्पलाई जानकारी गराइएको बताएकी छन्। पोर्ट अथोरिटी बस टर्मिनल अमेरिकाको सबैभन्दा ठूलो बस टर्मिनल हो जहांबाट वर्षेनी ६ करोड पचास लाख मानिसहरुले सेवा लिने गर्दछन्।

अमेरिकी सञ्चारमाध्यले अनुसार आक्रमणकारीले आफ्नो शरीरमा पाइप बम बोकेर पड्काएको हुनाले ती व्यक्ति आत्मघाती आक्रमणकारी हुनसक्ने बताएका छन्। न्युयोर्कका मेयर बिल डेल ब्लाजियोले आतंकवादीहरुले कहिल्यै जित्न नसक्ने बताएका छन्।

 एजेन्सी

प्रतिक्रिया दिनुहोस्