Logo

बाँकेमा ६० प्रतिशत मतदान गरियो

स्तावेज,मंसिर २१ गते बिहिवार २०७४ – नेपालगन्ज – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा बाँकेमा ६० प्रतिशतभन्दा बढी मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले प्रारम्भिक प्रतिशतमा केही घटबढ हुन सक्ने बताए ।मतदान केन्द्रबाट मतपेटिका संकलनको काम सकिएलगत्तै सर्वदलीय सहमतिका आधारमा मतगणना शुरु गरिने जनाइएको छ । मतगणना नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयको सभाकक्षमा हुने व्यवस्था मिलाइएको छ । यसैगरी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुर्खेतमा ७० प्रतिशत मत खसेको छ ।

 रासस

प्रतिक्रिया दिनुहोस्