Logo

बामपन्थी राजनीति त्यागेका बाबुराम पुन: कम्युनिष्ट बन्ने !

स्तावेज, आश्विन १७ गते मंगलबार, २०७४, काठमाडौं – बामपन्थी राजनीति त्यागेको दावी गरेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पुनः कम्युनिष्ट राजनीतिमा फर्किने भएका छन् । ४० बर्ष लामो बामपन्थी राजनीति गरेका बाबुरामले माओवादी केन्द्रबाट अलग्गिएर नयाँ शक्ति पार्टी घोषणा गर्दै वामपन्थी राजनीति त्यागेको बताएका थिए । 

एमाले–माओवादी–नयाँ शक्तिबीच पार्टी एकीकरण गरेर एउटै कम्युनिष्ट पार्टी बनाउने सहमतिपत्रमा हस्ताक्षर भएपनि भट्टराई पुनः कम्युनिष्ट बन्ने भएका हुन् । मंसिरको चुनावपछि हुने पार्टी एकीकरणपछि बन्ने पार्टी वामपन्थी हुने सहमति पत्रमा उल्लेख छ । 

एमाले र माओवादीसंग भएको त्रिपक्षीय सहमति अनुसार भट्टराई एमालेको सूर्य चुनाव चिन्हबाट चुनाव लड्ने भएका छन् । नयाँ शक्तिको चुनाव चिन्ह देब्रे आखा मतपत्रका ५९ नम्बरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्