Logo

नेकपा एमाले र माओवादी केन्द्रबीच आगामी चुनावको लागि सम्झौता हुने ,एमाले र माओवादी केन्द्रको एउटै चुनाव चिन्ह

स्तावेज,आश्विन १६  सोमवार ,२०७४,काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रबीच आगामी चुनावको लागि सम्झौता हुने भएको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै दुवै पार्टीबीच एकिकरण गर्ने वा मिलेर चुनावमा एउटै चिन्ह लिएर जाने सहमति भएको दुवै दलका नेताहरुले बताएका छन् ।

दुवै पार्टीबीच एकिकरण गर्न एकता संयोजक समिति गठन गरिएको छ । समितिमा एमालेबाट पार्टी अध्यक्ष केपी ओली, झलनाथ खनाल, माधव नेपाल र बामदेव गौतम तथा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहेका छन् ।

दुवै पार्टीका नेताहरुले अबको निर्वाचनमै एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति गरिसकेको स्रोतको दावी छ । दुवै पार्टीका उम्मेदवारले सूर्य चिन्ह लिएर चुनाल लड्ने छन् ।

चुनावमा एमालेका उम्मेदवार ६० हुने र माओवादी केन्द्रका ४० प्रतिशत हुने तय भएको स्रोतको दावी छ । दुवै पार्टी मिलेर चुनावमा गए बामपन्थीको बहुमत हुने स्थानीय निर्वाचन परिणामले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्