परदेशीको दशैं – नवराज क्षितिज
जबसम्म सरकारले स्वदेशमै रोजगारीको व्यवस्था गर्न सक्दैन , तबसम्म लाखौँ नौजवानहरुले दशैँ मनाउन पाउने छैनन् । सुस्त मनस्थिति भएको सरकारले बेलैमा बुझ्नुपर्ने बेला भैसकेको छ , प्रवासी नौजवानाहरुले दशैँ मान्न नपाएका मात्र होइनन् श्रम र सीप सबै अरूको देशलाई खर्चिरहेका छन् । ती सबै युवाहरूलाई स्वदेशमै फर्काएर ती सीप र श्रमहरुलाई देशमै पोख्न पाए तिमीहरूले भन्ने गरेका सिंगापुर र स्वीजर्ल्याण्ड टाढा छैन , तर यो कुराको महसुस गर्ने कहिले ?
– कथाकार
कतिपय कुराहरू सोच्दिन भन्दाभन्दै पनि निरन्तर दिमागमा आएर घुमिरहन्छन् र बदलामा आँसु झारिदिन्छन् । हुन त विगतलाई बिर्सन सक्ने मानिस नै सुखी हुन्छ भन्छन् तर धेरै कुराहरू चाहेर पनि बिर्सन सकिँदैन हरेक वर्ष दशैं नजिकिदै आइरहदा मनभने, जाँतोमा मकै पिसिए जस्तै पिसिरहन्छ । प्रवासमा नेपालीहरले बिर्सन नसक्ने कुराहरू मध्ये दशैं तिहार पनि हो ।
झन्डै दशक अगाडि, दशैँ पिँढीमै छोडेर एकाबिहानै सुनसान शहरबाट सुटुक्क लुरे झोला बोकेर प्रवास आएदेखि दशैँ मनाउन कहिल्यै मौका मिलेन, समय जुरेन । दशैँ तिहारहरु हरेक वर्ष मेरै आगाडि ओहरदोहर गरेर आइरहन्छन् न मैले दशैँ ठम्याउन सकें न दशैँ ले नै मलाई चिन्यो । मैले हेर्ने पात्रोहरु केही बोल्दैनन् , मौन बसिरहन्छन् र अन्ततः पात्रो पनि हरेक वर्ष डेट एक्सपाएर भैदिन्छन् ।
माछाहरु बोकेर कहिल्यै नथाक्ने समुन्द्र काटेर मरुभूमि आएदेखि भेडा चराउनु पर्यो । भेडा चराउने क्रममा आफ्नै जिन्दगीको किनारामा पटकपटक समुन्द्री छाल आएको अनुभूति गरेको छु । विदेश आउनु अघि मंगलग्रहसम्म तन्किएका मेरा सपनाहरू मरुभूमिमा भेडा चराउन बाध्य भएपछि त्यतिकै थन्किएका छन् ।
घरबाट प्रवास आउनु अगाडि हरेक वर्ष दशैमा घर आउछु भन्ने सोचेको थिएँ, तर मानिसले सोचे जस्तो कहाँ हुन्छ र ? भेडा गोठालो भएदेखि मेरा धेरै दशैहरु यही मजरामा बित्न थालेका छन् उँट र भेडाबाख्रा चराउदै । वास्तविक जिन्दगीका यथार्थहरु हामीले सोचे भन्दा हजार गुणा फरक हुदारहेछन् ।
एउटै जिन्दगीले अनेक रुपहरुको खेल खेलाइदिंदो रहेछ । म दुबईको मजरामा भेडा चराउन थालेदेखि आफ्नै परिचय हराए जस्तो लागिरहेछ । जब-जब दशैं तिहार नजिक नजिक आइदिन्छ ,अनि मन नराम्रो सँग दुखिदिन्छ । दुखेको रफ्तार बढिरहन्छ तर दुखाइ निको हुने स्टेशन कहिल्यै आएन । दुखेको मन निको पार्ने औषधी भए सबैभन्दा धेरै मैले नै सेवन गर्थे होला ।अभावका भारी बोकी उक्लिएका वाध्यताहरुले मलाई प्रवासी बनायो , बाध्यताको परिबन्दमा पारेर भेडा गोठालो बनाइदियो ।
जबसम्म सरकारले स्वदेशमै रोजगारीको व्यवस्था गर्न सक्दैन , तबसम्म लाखौँ नौजवानहरुले दशैँ मनाउन पाउने छैनन् । सुस्त मनस्थिति भएको सरकारले बेलैमा बुझ्नुपर्ने बेला भैसकेको छ , प्रवासी नौजवानाहरुले दशैँ मान्न नपाएका मात्र होइनन् श्रम र सीप सबै अरूको देशलाई खर्चिरहेका छन् । ती सबै युवाहरूलाई स्वदेशमै फर्काएर ती सीप र श्रमहरुलाई देशमै पोख्न पाए तिमीहरूले भन्ने गरेका सिंगापुर र स्वीजर्ल्याण्ड टाढा छैन , तर यो कुराको महसुस गर्ने कहिले ?
दशैं आगनमै आइसकेको छ । परदेश देखिको घरदेश सम्मको यात्रा दिनमा पाँच छ पटक नापिरहन्छु । मलाई पनि दशैं मा घर जान मन छ तर पटकपटक घर जान निवेदन दर्ता गराए पनि फैसलाको तराजु कम्पनीको हातमा भएकाले कहिल्यै पनि मेरो पक्षमा फैसला भएन र त सँधैं झैँ यो पटकको दशैँ पनि मरुभूमिको मजरामा बित्ने निश्चित छ ।
मेरो देशमा पैसाको अगाडि न्यायले घुँडा टेकेको त बेलाबेलामा देखे सुनेकै थिएँ तर प्रवासमा कम्पनीको निर्णय सँग घुँडा टेक्नुपर्ने तितो बाध्यता म सँग पर्याप्त छ । कहिलेकहीँ त यो प्रवासमा आएर दास बन्न पटक्कै मन लाग्दैन तर हामी नौजवानहरु प्रवासमा दास नबनिदिने हो भने , घुम्ने मेचमाथि बसेर लठेब्रा, अन्धा, बहिराहरुले कसरी देश चलाउलान् ? सोच्दासोच्दै सोचाइको घना जङ्गलभित्र हराउँछु म ।
घर जाऊ भने पनि सुन खान पल्केको काठमाडौँ एयरपोर्ट र एयरपोर्टका कर्मचारीहरुले लुट्न पाएपछि नुन किन्न पनि खर्च नराखिकन लुटिदिन्छन् रे ! पटकपटक विदेशबाट दु:ख गरेर फर्किनेहरु एयरपोर्टमा लुटिएको खबर पनि सुन्नमा आएकै हुन् । खाडीमा कमाएको पैसाले आमालाई गतिलो एकजोर सारीसम्म किन्न पुग्छ , त्यही पनि काठमाडौँ एयरपोर्टले लुटिदिने हो कि ? मनमा यस्ता कुराहरू खेल्दा त घर पनि जाउँ कि नजाउँ भैरहन्छ । वर्षा याममा बादलले सबै आकाश कब्जा गरे जस्तै , यस्तै कुराहरूले मेरो मन पटक पटक कब्जा गरिरहन्छ ।
यसभन्दा अगाडि हरेक दशैंमा घर फोन गर्दा बोलिन्जेल आमा पनि रोइरहनुभयो । दशै सँगै मनाउन नपाएको पीडा आँखाको बैशाखी टेकाउँदै झार्नुभयो । आमा रोइरहदा मेरो पनि आँखामा खस्न नसकेका बाक्ला आँसु बसिदिन्थ्यो र पुरिदिंन्थें आँखाले देखेका सपनाहरू त्यसैले आजभोलि सपना देख्दिन , पूरा नहुने सपना देखेर अल्झिनु पनि हुँदैन ।
जब सपना पुरा हुँदैन, तब मनमा चिन्ता बढ्न थाल्छ । मनले चिन्ता लिएपछि, मस्तिष्क विछिप्त हुन्छ । मस्तिष्कनै विछिप्त भएपछि मान्छे पागल हुन्छ । त्यसैले बरु मैले दु:ख गर्नुछ तर पागल हुनु छैन । हरेक दशैं तिहारमा परिवारको सम्झनाले टोकिरहन्छ मनभरि, र मुटु थिलोथिलो बनाइरहन्छ तर पनि मसँग एउटै मात्र उपाय छ त्यो हो , मुटु थिचेर आँसु लुकाएर रिस थामेर सहनु । यो भन्दा अर्को विकल्प छैन मसँग ।
त्यसो त एयरपोर्टको ११ नम्बर काउन्टर नै किन्न सक्ने दलालहरु छन् । तिनले न्यायालय किन्न के ठुलो कुरा हो र ? अनि हाम्रो देशको न्यायालय पनि पैसाको अगाडि घुंडा टेकिरहन्छ बेलाबेलामा । सबैलाई थाहा भएकै कुरा हो । अर्को कुरा पार्टीको झन्डा नबोकेकाहरुलाई राज्यले न्याय पनि दिदैन् । हाम्रो देश संसारकै नमुना देश हो , जहाँ देशको झन्डा बोकेर बाँच्न कठिन छ तर पार्टीको झन्डा बोकेर सहजै जिउन सकिन्छ ।
काम लगायो, लगायो अनि गुलियो सकिएको चुइगम जस्तै फालिदिन्छन् कम्पनीले पनि । न श्रमको सम्मान छ न मूल्य नै छ । मनको अमिलो पोख्ने ठाउँ पनि छैन । प्रवासी नेपालीहरूको अभिभावकिय दायित्व निर्वाह गर्न बसेका राजदूतावासका कर्मचारीहरूको टर्रो बोलीले झन् मन नराम्ररी घोचिदिन्छ ,मन भित्रैसम्म ।
राम्रो तलब हुन्छ हप्तामा एक दिन बिदा हुन्छ , खाना बस्न कपनीको राम्रो व्यवस्था छ सिंगापुर जस्तै ठाउँमा काम गर्ने हो भनेर रुमानी सपना देखाइदिने दलालहरुले धेरै नेपालीहरूलाई ल्याएर मजरामा फालिदिन्छन् र सम्पर्क बिहिन बनेर बसिदिन्छन् । एकातिर भेडा गोठालो हुन बाध्य बनाइदिन्छन् भने अर्कातिर साहुले गर्ने व्यवहार झन् तिनै भेंडा बाख्राहरुलाई गर्ने भन्दा तल्लो स्तरको हुन्छ । खुसीहरू किन्न र बेच्न सक्ने यी दलालहरुले थापेको पासोमा परेर धेरै जिन्दगीहरु मजरामा गोठालो बन्न बाध्य छन् । बारम्बार सोचिरहन्छु, यी दलालहरुलाई कानुनी कारबाही गर्न पाए मुटुभित्र बोझिलो भएको पिडा अलिकति भए पनि हलुका हुन्थ्यो होला ।
त्यसो त एयरपोर्टको ११ नम्बर काउन्टर नै किन्न सक्ने दलालहरु छन् । तिनले न्यायालय किन्न के ठुलो कुरा हो र ? अनि हाम्रो देशको न्यायालय पनि पैसाको अगाडि घुँडा टेकिरहन्छ बेलाबेलामा । सबैलाई थाहा भएकै कुरा हो । अर्को कुरा पार्टीको झन्डा नबोकेकाहरुलाई राज्यले न्याय पनि दिदैन् । हाम्रो देश संसारकै नमुना देश हो , जहाँ देशको झन्डा बोकेर बाँच्न कठिन छ तर पार्टीको झन्डा बोकेर सहजै जिउन सकिन्छ ।
घर छोडेर अरब पस्दासम्म भेडिगोठमा बस्नुपर्ला ,भेडा चराउनुपर्ला , आगो बिना नै जलाउने गरी गर्मी होला भन्ने सोचेकै थिइन, यस्तै यस्तै नसोचेका कुराहरूको जोड र घटाउ नै त रहेछ जीवन भन्नुपनि । हुन त जिन्दगीलाई अनुभूतिको सँगालो भनिन्छ । तर मैले तीता र नमीठा अनुभूतिहरु धेरै सँगालेको छु । दु:ख , पीडा, बेचैनी र सबै अप्ठ्याहरु समयलाई नै उपहार दिन मिल्ने भए , ….. म पनि यस्ता पिडाहरुबाट छुटकारा पाउने थिएँ होला र समयको पानाहरूमा जिन्दगीका रंगहरु पोखिएर जिन्दगी रंगिन बन्थ्योहोला । तर उराठ लाग्दो जिन्दगीमा अहिलेसम्म खुसी फुल्न सकिरहेकै छैन ।
दशैँ आयो भनेर के खुसी हुनु र ? उत्सुकता मनमा भरिन नपाउदै तनाव झेल्नुपर्छ । जेनतेन साहुको ऋण तिर्न पाए त छोडेरै भएपनि घर आउने थिएँ । धेरै दशैंहरु यही ऋण तिर्न नसकेरै मझरामा बिताएको छु , मन पगाल्दै र आँखाहरुबाट झार्दै । सम्झदा पनि मन अँध्यारो हुन्छ , आफ्नै जिन्दगीको बत्ती आफैले झ्याप्प निभाए जस्तै ।
म सँग बाँकी छ भन्नु नै दु:ख र पीडाले रुखो बनिसकेको जीवनको एक किस्सा छ । भेडा बाख्रोको पछिपछि हिंड्दा आगोको भुंग्रोमा टेकेजस्तै हुन्छ अनि घामको धारिलो रापले छाला काट्ला झैँ गरी पोलिदिन्छ । औसत नेपालीहरूले भोग्ने अरब यस्तै हो । स्वदेशमै हुनेहरुलाई यति धेरै पिडा हुदैन होला जस्तो लाग्न सक्छ तर कसैले नदेख्दैमा वास्तविकता कहाँ फरक हुन्छ र ?
आफ्नो दिनचर्या भेडाबाख्रा र उँटको पछिपछि लाग्नु नै हो , साचोमा मुसा परे जस्तै बाध्यताको परिबन्दमा परेपछि न निस्कन सकियो न अन्त जान नै सकियो । आँखामा आँसु टालिएर आँखा नदेख्ने भैरहदा पनि घर परिवार र साथीहरूलाई काम राम्रै छ भनेर फिस्स हासिदिनुपर्ने …… निकै तीता हुँदारहेछन् जीवनका नग्न सत्यहरु !
राम्रो तलब हुन्छ हप्तामा एक दिन बिदा हुन्छ , खाना बस्न कपनीको राम्रो व्यवस्था छ सिंगापुर जस्तै ठाउँमा काम गर्ने हो भनेर रुमानी सपना देखाइदिने दलालहरुले धेरै नेपालीहरूलाई ल्याएर मजरामा फालिदिन्छन र सम्पर्क बिहिन बनेर बसिदिन्छन् । एकातिर अनि भेडा गोठालो हुन बाध्य बनाइदिन्छन् भने अर्कातिर साहुले गर्ने व्यवहार झन् तिनै भेंडाबाख्राहरुलाई गर्ने भन्दा तल्लो स्तरको हुन्छ । खुसीहरू किन्न र बेच्न सक्ने यी दलालहरुले थापेको पासोमा परेर धेरै जिन्दगीहरु मजरामा गोठालो बन्न बाध्य छन् । बारम्बार सोचिरहन्छु, यी दलालहरुलाई कानुनी कारबाही गर्न पाए मुटुभित्र बोझिलो भएको पिडा अलिकति भए पनि हलुका हुन्थ्यो होला ।
घर छोडेर अरब पस्दासम्म भेडिगोठमा बस्नुपर्ला ,भेडा चराउनुपर्ला , आगो बिना नै जलाउने गरी गर्मी होला भन्ने सोचेकै थिइन, यस्तै यस्तै नसोचेका कुराहरूको जोड र घटाउ नै त रहेछ जीवन भन्नुपनि । हुन त जिन्दगीलाई अनुभूतिको सँगालो भनिन्छ । तर मैले तीता र नमीठा अनुभूतिहरु धेरै सँगालेको छु । दु:ख , पीडा, बेचैनी र सबै अप्ठ्याहरु समयलाई नै उपहार दिन मिल्ने भए , ….. म पनि यस्ता पीडाहरुबाट छुटकारा पाउने थिएँ होला र समयको पानाहरूमा जिन्दगीका रंगहरु पोखिएर जिन्दगी रंगिन बन्थ्योहोला । तर उराठ लाग्दो जिन्दगीमा अहिलेसम्म खुसी फुल्न सकिरहेकै छैन ।
घरदेशमा दशैँ आगन हुँदै पिँढी तिर लम्किरहदा प्रवासीलाई पनि घर आएर परिवारसँगै रमाउन मन लाग्छ । प्रवासीको पनि मन छ भावना छ इच्छा र चाहानाहरु छन् तर ती सबै कुराहरू भन्दा माथि बाध्यता छ ।
जबसम्म सरकारले स्वदेशमै रोजगारीको व्यवस्था गर्न सक्दैन , तबसम्म लाखौँ नौजवानहरुले दशैँ मनाउन पाउने छैनन् । सुस्त मनस्थिति भएको सरकारले बेलैमा बुझ्नुपर्ने बेला भैसकेको छ , प्रवासी नौजवानाहरुले दशैँ मान्न नपाएका मात्र होइनन् श्रम र सीप सबै अरूको देशलाई खर्चिरहेका छन् । ती सबै युवाहरूलाई स्वदेशमै फर्काएर ती सीप र श्रमहरुलाई देशमै पोख्न पाए तिमीहरूले भन्ने गरेका सिंगापुर र स्विटजरल्याण्ड टाढा छैन , तर यो कुराको महसुस गर्ने कहिले ?
प्रकाशित मिति, २०७४ साल आश्विन ६ गते, शुक्रवार