Logo

समयका पदचापहरु भाग २ – दीपशिखा शर्मा

“सौर्यले सोनीलाई परपुरुषको हातमा बेचेर आफ्नो ईच्छ्यापुर्तीको साधन बनाएको हप्ता,महिना गरी बर्षौदिन बितीसकेको थियो तरपनि उ उसको बाघपन्जाबाट उम्कन सकेकी थिइन । दिनदिनै बिराट र सौर्यले पालैपालो उसको ईज्यत लुट्ने गर्दथे । आखिर यो नरकबाट कसरी पार पाउने ? उ सोच्न थाली । एक दिन सौर्य उसलाई भित्र थुनेर काममा गएको दिन बल्लतल्ल झ्याल फुटालेर डोरीको सहायताले भागेकी थिई । सौर्यको पन्जाबाट त उम्केकी थिई तर फेरि अर्को नरपशुको पन्जामा फस्न पुगेकी थिई उ । सौर्य,बिराटको ईच्छ्यापुर्तीको साधन बनेकी सोनी गर्भवती बनेकी थिई । तर त्यो गर्भभित्र रहेको शिशु सौर्यको थियो वा बिराटको उसलाई किटान गर्न निकै गाह्रो थियो । ईज्यत त उसको लिलाम भइसकेको थियो तर जन्मने सन्तानको बाबु ठहर गर्न निकै फसाद भयो ।”

                         – कथाकार 

सोनी मरेतुल्य भएर ओछ्यानमा पल्टेकी थिई । आँखाबाट श्रावणको झरी झैँ अविरल अश्रुधारा बगिरहेका थिए । बिहानको छ बजिसकेको थियो । सौर्यले घर्याक्क गर्दै बेडरुमको ढोका खोल्यो । बिराट उठेर लुगा लगाउँदै थियो । सौर्यले हात मिलाउँदै भन्यो दोस्त ! कस्तो भयो त आजको रात ? बहुत बढिया भयो, बिराटले मुस्कुराउँदै भन्यो ,माल त राम्रो रहेछ,धन्यवाद छ है साथी ? ल यो बक्सीस तिमीलाई । यति मिठो माल चाख्ने मौका दिएकोमा भन्दै हजार हजारका पाँचवटा नोट सौर्यलाई थम्यायो । सौर्यले खुसी हुँदै ती नोटहरु पकेटमा घुसार्यो ।

 ‘ल त म अव गएँ ,म भरे आउँछु सोनीलाई तयार भएर बस्नु भन्नु’, भनी बिराट आफ्नो बाटो लाग्यो ।

 “सोनीको आँखाको आँसु थामिएको थिएन । मुर्तीवत् रूपमा एकोहोरो भित्तामा हेरेर पल्टीरहेकी थिई उ । उसको ज्यानमा लुगाको एक धरोपनि थिएन । मात्र ब्ल्यान्केटले उसको शरीर ढाकिएको थियो । बिहान बिराटले उसको हातखुट्टामा बाँधिदिएको डोरी खोलिदिएको थियो । तरपनि उ भागेकी थिइन । भागोस् पनि कसरी ? उ चल्नै नसक्ने भएकी थिई । रातभरको घटनाले उसलाई यती ठुलो मानसिक आघात पर्यो कि उसलाई बाँच्नै मन लागेन । गाउँ फर्केर जानसक्ने अवस्थापनि थिएन । बुबा आमाबाट सम्पूर्ण नाता तोडेर भागेकी थिई उ ।

उसको मन निकै अमिलो भएर आयो । हरहालतमा अव उ यस नरकबाट उम्कन चाहन्थी तर कसरी ? कसाहीरुपी सौर्यको हातबाट बेचिएर परपुरुषको मनोरन्जनको साधन बन्नुभन्दा त बरु ज्याला मजदुरी गरेर आफ्नो पेटभर्न उपयुक्त लाग्न थाल्यो उसलाई । बिस्तार बिस्तार ओछ्यानबाट उठ्न खोजी तर सकिन ,आँसु बररर खसे,फनफनी रिँगटा लाग्नथाल्यो,वाकवाकी आउन थाल्यो । धेरैपटक उठ्ने प्रयास गरी तर सकिन । बाहिरबाट सौर्यले पहरा दिइरहेको थियो ।

कल्पनासम्म पनि नगरेको नरकमा फस्न पुगेकी थिई उ   ।  बल्लबल्ल उठेर यत्र तत्र छरपस्ट छरिएका कपडाहरू बटुली अनि लगलग काँम्दै च्यातिएका कपडा लगाउन लागी । सोनीको चहलमहलले सौर्यका कान ठाडा भए । उसले हत्तपत्त सोनी बसेको ढोका खोलीदियो । सोनीलाई सौर्यको अनुहार हेर्नपनि घिन लागेर आयो । उसले कल्पनासम्म पनि गर्न सकेकी थिइन कि सौर्य यती निच र पापी होला भनेर । सोनीका आँखा ओभाना थिएनन् धरधरी रुँदै थिई उ । करुण चित्कारमा उसले सौर्यको कठालो समात्दै भनी “सौर्य ! यो तिमीले के गर्यौ ? किन आज मलाई यो नरक तर्फ धकेल्यौ ? के कसुर थियो र मेरो ? आज मैले मेरो शरीरको मूल्य चुकाउनुपर्ने ? कुन दिनको बदला लिएर छोड्यौ सौर्य ? हे भगवान् आज मेरो यो दशा भयो । के तिमीलाई माया गर्नु मेरो गल्ती थियो ? मेरो पवित्र प्रेमको मूल्य मैले बन्धक बनेर चुकाउनुपर्ने ? आज परपुरुषको ओछ्यानको साथी भएर बाँच्नुपर्ने ?”

 सौर्यले सोनीको हात जोडले फाल्दै भन्यो । “नाटक धेरै नगर है सोनी मैले तँ जस्ती गँवार केटीलाई लाईफ पार्टनर बनाएर राख्छु भन्ने तैँले सपनामा पनि नसोचे हुन्छ बुझीस् ? मैले जे चाहन्छु त्यही खुरुखरु मान होइन भने तेरो के हविगत गराउँछु पख् । दायाँ बायाँ गरेर यहाँबाट उम्कीन्छु भन्ने सपनामा पनि नसोचे हुन्छ खुरुक्क आफ्नो काम गर् । राति मेरो साथी बिराट आउँछ । तैँले उसलाई खुसी पार्नपर्छ यसैमा तेरो कल्याण छ । मैले तँलाई उसलाई सुम्पीसकेको छु । केहीदिन पछि उसले तँलाई यहाँबाट लिएर जानेछ । मलाई तँ जस्ता गँवार केटीको कुनै जरुरत छैन । मलाई त सिर्फ पैसा चाहिएको छ । जसका लागि म जे पनि गर्न सक्छु । तँ जस्ता केटीलाई त मैले कति बेचेँ कति हा….हा…हा…. ”सौर्य अट्टहासपुर्ण हाँसो हाँस्दै सोनीको कोमल मनस्थिती गिराउँदै थियो । सोनी अवाक् भई,प्रेमको जालमा फँसाएर पैसाको लोभमा केटी बेच्न पल्केको दलाल सौर्यको रत्तीभर मन पग्लेन उल्टो कसैलाई भनिस् भने मारीदिन्छु भनेर धम्की दिन थाल्यो । एकाबिहानै देखी रक्सीले मातेको थियो सौर्य,हातमा चुरोट र मुखभरी गुट्खा कोचेर भित्ताभरी पिच्च पिच्च थुक्दै फिल्मी अन्दाजमा सोनीलाई खाउँला झैँ गालीगर्न थाल्यो ।
                                               

                                                      ०००००

सौर्यले सोनीलाई परपुरुषको हातमा बेचेर आफ्नो ईच्छ्यापुर्तीको साधन बनाएको हप्ता,महिना गरी बर्षौदिन बितीसकेको थियो तरपनि उ उसको बाघपन्जाबाट उम्कन सकेकी थिइन । दिनदिनै बिराट र सौर्यले पालैपालो उसको ईज्यत लुट्ने गर्दथे । आखिर यो नरकबाट कसरी पार पाउने ? उ सोच्न थाली । एक दिन सौर्य उसलाई भित्र थुनेर काममा गएको दिन बल्लतल्ल झ्याल फुटालेर डोरीको सहायताले भागेकी थिई । सौर्यको पन्जाबाट त उम्केकी थिई तर फेरि अर्को नरपशुको पन्जामा फस्न पुगेकी थिई उ । सौर्य,बिराटको ईच्छ्यापुर्तीको साधन बनेकी सोनी गर्भवती बनेकी थिई । तर त्यो गर्भभित्र रहेको शिशु सौर्यको थियो वा बिराटको उसलाई किटान गर्न निकै गाह्रो थियो । ईज्यत त उसको लिलाम भइसकेको थियो तर जन्मने सन्तानको बाबु ठहर गर्न निकै फसाद भयो ।

 चुपचाप नियतीको खेललाई पर्खेर बाँच्नु शिवाय उसमा अरू केही विकल्प थिएन । उ गर्भपतन गर्न चाहन्थी तर निकै ढिला भइसकेको थियो । २० हप्ताको गर्भ कानुनी हिसाबले पनि फाल्न मिल्दैनथ्यो । अन्ततगोत्वा भाग्यलाई धिक्कार्दै जे छ त्यही स्विकार्नुमा नै उसको कल्याण थियो । ५ महिनाको गर्भ लिएर कामको खोजीमा यत्रतत्र भौंतारिईरहेकी थिई सोनी । मनभरि दर्द पीडा अनि खुनको आँसु पिउँदै बिछिप्त रूपमा हिंडिरहेको अवस्थामा एकजना युवकले उसलाई रेष्टुरेन्ट मा काम लगाईदिन्छु भनेर ल्यायो । एकरात उसको कोठामा आश्रय दिएर बसाल्यो । त्यहीँ उसले सोनीको ईच्छ्या विपरीत बलात्कार गर्यो ।

 एकपछि अर्कोगर्दै बलात्कृत हुँदै गइरहेकी थिई सोनी । त्यहाँबाट पनि उ उम्कन सफल भई । अब उसलाई बाँच्नै मनलाग्न छोड्यो । काठमाण्डौंको गल्ली गल्ली चाहार्दै पागलसरी हिडीरहेकी थिई उ । उसको दुःखमा सहारा दिने कोही थिएन । जो सँग सहायता माग्यो उसैले आफ्नो ईच्छ्यापुर्तिको साधन बनाईहाल्थ्यो । जीवनदेखि थाकेर आत्महत्या गर्नभनि रानिपोखरीको बारबाट हाम्फाल्ने प्रयास पनि नगरेकी होइन उसले । तर एकजना महिलाले उसलाई बचाएकी थिई । जसको नाम निलीमा थियो । एउटा रेष्टुरेन्टमा काम गर्थी उ । सोनीलाई पनि आफूसँगै काममा लगाईदिएकी थिई निलीमाले । सोनी दिनभर रेष्टुरेन्टमा काम गर्थी अनि साँझ आफ्नो कोठामा फर्कन्थी । बिस्तारै बिस्तारै उसको जीवनमा सकारात्मक परिवर्तन आउन थाल्यो ।

 गर्भको शिशुको लागीपनि बाँच्ने दृढता गर्दै सोनीले काम गर्न थाली । ४ महिनासम्म भाँडा माझ्ने र रेष्टुरेन्ट सफागर्ने काम गरी अलिकति पैसा सुत्केरी खर्चको लागी बचाएर राखी । नौ महिना लागिसकेको थियो । बिस्तार बिस्तार सोनी काममा जानै नसक्ने भई । उ सँगै काम गरेका साथीहरूले उसलाई सघाउन थाले । एकदिन उसलाई सुत्केरी व्यथा लाग्यो । कठिन प्रसव वेदनाका वावजुद केही घण्टामा उसले कोठामै छोरीको जन्म दिई । एक किसिमको सन्तोषको श्वास लिएर उसले छोरीलाई हेरी । सन्तान जन्मनासाथ उसले आजसम्म भोगेका मानसिक र शारिरक यातना,हण्डर,ठक्कर सब भुली ।

 नवजात शिशुको आगमनसँगै ती दुखःपीडा कष्ट क्षणभरको लागी दूर भईसकेका थिए । अव उसको लागी अर्कै चुनौती थपिएको थियो । शिशुको उचित हेरचाह कसरी गर्ने ? सौर्य र बिराटले उ माथि गरेको दुर्ब्यवाहार सम्झदा कहाली लागेर आयो ,मन भक्कानियो,श्रावणको भेल झैँ अनायस आँखाबाट अविरल रूपमा अश्रुधारा बग्न थाले । सन्तानप्रति एक किसिमको घृणा जागेर आयो ……..मनमनै बर्बराई……यो अबोध शिशुको के दोष छ र ? पुनः दुखेको मनलाई सम्हाली । शिशुको उसलाई औधी माया लागेर आयो । मातृवात्सल्यले आहत भएर त्यो अबोध शिशुलाई अंकमाल गर्न थाली,शिरदेखि पाउसम्म मुसार्न थाली,छातीमा टाँस्न थाली अनि चुम्बन गर्नथाली । अब चाहे त्यो सन्तान बिराटको होस् या सौर्य जो सुकैको होस् अब उसलाई कुनै सरोकार थिएन …………….आखिर नवजात शिशुकी आमा थिई सोनी । सन्तान प्रतिको माया स्पष्ट छचल्कीन्थ्यो ।

 एक कोमल नारी हृदयमा आफ्नो शिशुको माया एवं स्नेह कति हुन्छ जो कोहीलाई पनि थाहा भएकै कुरा हो । त्यहीमाथी पहिलो सन्तान की आमा बनेकी थिई सोनी । गिट्टी कुटेर,भाँडा माझेर पनि पाल्छु…………….सोनी बर्बराई । सोनी सुत्केरी भएको खबर उसँगै रेष्टुरेन्टमा काम गर्ने साथी निलीमाले थाहा पाई । थाहा पाउनासाथ उ तुरुन्त सोनीको स्याहारसुसारमा जुटी । सोझाको दैव साहारा भनेझैं सुत्केरी उम्काउन उसलाई साथीहरूले सक्दो सहयोग गरे ।

                                                       ०००००

 समयले पनि कत्ति चाँडै फड्कोमारी सकेछ । हेर्दाहेर्दै अनुहारको चमक क्षणभरमै विलीन भइसकेको थियो । अव उ वास्तविक सोनी थिइन । समयको पदचापसँगै दिनपरदिन उसको यौवन र जवानी ढल्दै आइरहेको थियो । मध्यरातमा पुराना यादहरुमा हराउँदै पुनः उ वास्तविकतामा फर्किन खोजी । रातको २ बजिसकेको थियो । ओल्टो,कोल्टो फेरी बाहिर झ्यालबाट चिहाएर हेरी । लोडसेडिङ्गले जताततै चुक घोप्टिएजस्तो चकमन्न अँध्यारो थियो । काठमाण्डौं जस्तो शहरमा पनि कता कताबाट हुँचिल को हुँ…..हुँ …..एकोहोरो आवाज मात्र आइरहेको थियो । पर शहरको पारिपट्टी एउटा कुकुर मानिस रोएझैं उँ….उँ…….. गरेर रोईरहेको थियो । ओह ! कस्तो अशुभ आवाज ! भोलि के अनर्थ सुन्नुपर्ने हो ? सोनी बर्बराई…..दुवै कान बन्द गरेर ध्यान पर हटाउन खोजी । तर सब बेकार भयो । ओल्टो,कोल्टो फेरी तर निदाउन सकिन । जुरुक्क उठी…..मुटु ढुकढुक गरिरहेको थियो । वरपर हेरी निस्पट्ट अन्धकार थियो । मोबाइल बालेर खानेपानी खोज्न थाली । टेबुलमा करुवाभरी पानी राखिएको थियो । बिना गिलास ठाडो घाँटी लगाएर घटघट पिउन थाली मन अलि शीतल भएजस्तो भयो उसलाई । भोलि काममा जान ढिलो हुन्छ अब सुत्नुपर्छ सोनी भुतभुताई……… पातलो ओड्नेले दुवै कान अनि मुख ढाकेर निदाउने प्रयास गर्न थाली । ओल्टे कोल्टे फेर्दाफेर्दै कतिबेला निदाईछ थाहै भएन ।

                                                             ०००००

 “मामु ! ढोका खोलिदिनु न ! खाना तयार भयो” सरगमको आवाजले सोनी झल्याँस्स बिंउँझिई । बिहानको ९ बजिसकेको थियो । सरगमलाई स्कुल जान ढिला भइसकेको थियो । अतीतका तिता घाउहरु एकातिर पन्छाएर हत्तपत्त ढोका खोली । हुन्छ पस्क बाबा ! म आउँछु सोनीले मायाँलु पाराले सरगमको मुख हेर्दै भनी । आज रेष्टुरेन्टमा भाँडा माझ्न छोडेर डान्स बारमा नाच्न थालेको पनि करिब १७ वर्ष भईसकेछ । सौर्यको बाघपन्जाबाट भागेर नयाँ जीवनको सुरुवात गरेकी थिई उसले । सरगम पनि १६ वर्षकी भईसकी । एउटा राम्रो बोर्डिङ्ग स्कुलमा पढाएकी थिई उसले सरगमलाई । कक्षा १० मा पढ्दैछ उसकी छोरी । स्कुलमा बाबुको नाम सौर्य शाही लेखिएको छ । तर यकिन प्रमाण केही छैन……थाहा छैन सोनीलाई उसको छोरीको बाबु को हो ? सौर्य शाही या बिराट अग्रवाल ?

 हरदिन सरगमको अनुहार नियालेर बाबुको पहिचान गर्न खोज्दछे सोनी…….ओल्टो कोल्टो दायाँ बायाँ हेर्दछे । हाँसो ब्यवाहार आदिको ठम्याईबाट पत्ता लगाउन खोज्दछे । त्यो बाहेक उसँग अरू कुनै चारा थिएन ……गालामा डिम्पल देख्दछे अनि मनमनै बर्बराउँछे…….गोरो अनुहार …….हाँसो शरीरको बनावट……हातखुट्टा नाक नक्सा अनि अनुहारको दाँयापट्टी गालामा तिलकोठी…… दुरुस्त सौर्यको फोटोकपी…… । कुनैदिन सौर्यले उसलाई भनेको थियो सोनी ! मेरो दायाँ गालाको कोठी खानदानी कोठी हो । यो कोठी मेरो जीजुबुबाको पनि थियो,पछि बाबामा पनि सर्यो अहिले मेरो अनुहारमा पनि छ नपत्याए हेर त ? भन्दै सौर्यले उसको अनुहारको कोठी देखाएको थियो । उसले सरगमको अनुहार नियाली सरगमको अनुहारको दायाँपट्टी दुरुस्तै सौर्यको जस्तै तिलकोठी थियो । लामो श्वास फेरेर आफ्नो मनलाई ढाडस दिन खोजी । आफ्नो चित्त आँफै बुझाउँदै मनमनै फुसफुसाई उफ् ! त्यै अपराधी सौर्य शाहीको चिनो…….

 “सौर्य शाही ! तिम्रो नाम लिन पनि घिनलाग्छ मलाई ! तर विवश छु । मेरो कोमल जीवनलाई नरकमा धकेलेर म माथि जति पाप गरेपनि आखिर मैले तिम्रो पापको चिनो लिएर बाँचेको छु । मेरो ईज्यत र अस्मितासँग खेलेर झरेको पात झैँ बनाई परपुरुषको हातमा बेचेर मलाई क्रुर नारकिय जीवन बाँच्न बाध्य बनाउने परजिवी पुरुष तिमी । तिमी कुनैपनि हालतमा माफीको लायक छैनौ । तिमीलाई यस धर्तीमा बाँच्ने अधिकार छैन । तिमीलाई फाँसीको सजाँय दिएपनि अत्यन्त कम हुन्छ । मानिसको नाममा तिमी एक कलंक हौ । तिमीले दिएको त्यो बिभत्स यातनाको कल्पनासम्म पनि गर्न सक्दिन म । तिमीले मलाई जानाजान नरकतर्फ धकेलेर आफ्नो अभिष्ट पुर्तीगर्ने साधन बनाएको थियौ । मलाई थाहा छ मेरो माया पवित्र थियो तथापि तिम्रो माया छलकपट र स्वार्थै स्वार्थले भरिएको रहेछ । तिमीले मलाई बेचेर आफ्नो जरुरत पुरागर्ने साधन बनायौ । तिम्रो त्यो कालकोठरी बाट अन्ततःः म भाग्न सफल भएँ । मलाई गरेको अत्याचारको सजाँय भगवानले तिमीलाई जरुर दिनेछन् ।

 भन्छन् पाप धुरीबाट अवश्य कराउने छ । आज कठिन संघर्षका वावजुद मेरो एकमात्र सन्तान सरगमलाई आमाको जिम्मेवारी निर्वाह गर्दैछु । किनकि त्यो निर्दोष छोरीको कुनै दोष छैन । तिमीले त मलाई रगतको आँसु पिएर एक जिंउदो लाश झैँ प्रत्येक रातको सन्नाटामा रात मरेर बाँच्ने बनाएका थियौ । त्यसको बदला लिएर के मैले मेरी फुलजस्ती छोरीलाई पनि त्यसै गरुँ ? अहँ म बाट त्यो कुकार्य कदापि हुनेछैन । आफू नरकमा परें भनेर मैले मेरो छोरीलाई कदापि नरकमा धकेल्ने छैन । छोरी मेरो काखमा बिल्कुल सुरक्षित छ । मैले मेरी छोरीलाई सकेजति पढाउनेछु ,समाजका दुष्ट धमिराहरुबाट बचाएर संघर्ष गर्न लायक बनाउनेछु । कुनैपनि हालतमा बाबुको रिक्तताको आभास हुन दिने छैन । योग्य केटा खोजेर विहेदान गरेर दिनेछु । एक सफल र सबल नारी बनाएर छोड्ने छु नकि फेरी मेरो जस्तै ती काला,अँध्यारा दिनहरू सम्झेर पछुताउनु नपरोस् ।

तिमीबाट मैले नारकिय यातना ,अनेक हण्डर ठक्कर खाएपनि म मेरी छोरीलाई कुनैपनि हालतमा गलत बाटो तर्फ धकेल्ने छैन । उसको उज्वल भविष्यको लागी आफूलाई मेटाउन किन नपरोस् मेरी हिरा जस्ती छोरीलाई निश्चित गन्तव्यमा पु¥याएर नै सन्तोषको श्वास लिएर छोड्नेछु……….सौर्य शाही ! डायरीमा नोट गरेर राख ! तिम्रो अभद्र ब्यवाहार,पाप र हिंसाको सिकार भएकी पीडित,प्रताडित नारी अनि एक संघर्षशिल आमाको कसम तिमीलाई …………”

     [email protected]

प्रकाशित मिति २०७४ साल भाद्र ३१ गते शनिवार

प्रतिक्रिया दिनुहोस्